आलिताल -८ को अर्धबार्षिक समीक्षा सम्पन्न

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

पौष २४

डडेल्धुराको आलिताल गाउँ पालिका वडा न.८ ले पनि अर्धबार्षिक समीक्षा सम्पन्न गरेको छ ।
आर्थिक बर्ष २०७९/८० को वडाबाट बिनियोजित बजेटबाट के – के काम भइरहेका छन भन्ने बिषयमा समीक्षा भएको हो । समिक्षामा वडा सचिव जयलाल साहुले अर्धबार्षिकमा कार्मालयबाट भए गरेका कामको प्रगती विवरण प्रस्तुत गरेका थिए , भने वडा अध्यक्ष धन बहादुर देउबाले छनौट भएका योजनाहरुको भए गरेका कामहरुलाई प्रस्तुत गरेका थिए ।
अध्यक्ष देउबाले आर्थिक सुशासन,कामको पार्दशिता र नागरिकलाई सुचनाको पहुचमा राख्न समिक्षा कार्याक्रमको थालनी गरेको बताए ।
वडामा माग भई आएका योजनाहरुलाई वडाको बजेटले गर्न सक्ने कामहरु प्राथमिकताको आधारमा आफुहरुले छनौट गरेर काम गरिरहेको र वडाको बजेटले गर्न नसक्ने योजनाहरुलाई प्रदेश तथा संघका बिभिन्न मन्त्रालयमा सिफारिस तथा माग गरिएको समेत बताए ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

समिक्षा कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनु भएका पालिका उपाध्यक्ष मैना कुमारी रावलले अर्धबार्षिक समिक्षा कार्यक्रम अति नै उपयोगी कार्यक्रम रहेको बताउदै यस्ता कार्यक्रम सबै वडाले गर्नु पर्ने बताए । वडा तथा पालिका भित्रमा आफुहरुले बार्षिक तथा अर्धबार्षिक रुपमा समिक्षा गर्ने र उक्त समिक्षमा नागरिकबाट आएको सल्लाह सुझवलाई आत्मसाथ गर्दै अगाडी बढ्ने समेत बताए । उनले भने हामीले आफ्नो विबेक र क्षमताले भ्याए सम्म काम गरिरहेको र गर्दा गर्दै पनि केहि कमजोरीहरु हुने भएकाले हजुरहरुको सल्लाह सुझावले सहि मार्गनिर्देशन गर्न सघाउने बताए । कार्यक्रममा प्रशासकिय अधिकृत इन्द्र बहादुर रावल, पूर्व वडा अध्यक्ष गणेश बहादुर थापा मगर,लगायत वडा न. ८ का बुद्धिजिबि,शिक्षक तथा आम नागरिकको उपस्थिति रहेको थियो ।
वडा अध्यक्षले प्रस्तुत गरेको योजनाको पूर्ण पाठ ……………..

Dadeldhura Hospital

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.