आलिताल -२ मा कृषि उपज संकलन केन्द्र स्थापना : तिन सय बढी किसान लाभान्वित

sc mahendra
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा ।
डडेल्धुरा जिल्लाको आलिताल गाउंपालिका वडा न. २ मा कृषि उपज संकलन केन्द्र स्थापना भएको छ ।

तरकारी खेतीमा संलग्न किसानलाई सहजता प्रदान गर्नका लागि वडा न. २ को सहयोगमा तरकारी संकलन केन्द्र स्थापना भएको हो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

स्थापना भएको कृषि उपज संकलन केन्द्र ब्यबस्थापन तथा संचालनका लागी समिति समेत गठन गरिएको छ । जोग बहादुर मडैको अध्यक्षतामा सात सदस्यीय समिति गठन भएको वडा अध्यक्ष प्रमोद मल्लले जानकारी दिनु भयो । साथै कृषि उपज संकलन संचालनका लागी एक जना स्थानिय इस्वरी दत्त जोशी लाई कर्मचारी समेत नियुक्त गरिएको उनले बताए ।

अध्यक्ष मल्लका अनुसार उत्पादन बढाउने र वार्ड न. २ को बाझो जमिनलाई सदुपयोग गरि नगदेबाली, दालबाली , बेमौसमी तरकारी खेती , फलफूल खेती , मसला खेतीलाई ब्यबसायिक रुपमा अगाडि बढाउने र स्वरोजगार सृजना गरि वार्ड न २ लाई हरियाली सहित कृषि क्रान्ति तिर लैजाने योजनाका साथ संकलन केन्द्र स्थानपा गरिएको बताए ।

तरकारी संकलन केन्द्र स्थापना भएपछि त्यस क्षेत्रका तरकारी खेतीमा संलग्न ३०० बढी किसान लाभान्वित भएका छन् ।
तरकारी संकलन केन्द्र नहुँदा विगतमा तरकारी उत्पादनमा संलग्न किसानले सास्ती खेप्दै आएका थिए । संकलन केन्द्र स्थापनासँगै तरकारी बजारमा पुर्‍याएर बिक्री गर्न सहज हुने किसानहरुको बिश्वास छ।संकलन केन्द्र स्थापनासँगै यस क्षेत्रका किसानले उत्पादन गरेको तरकारी गैरा बजार ,डडेल्धुरा सदरमुकाम,अत्तरिया साथै कैलालीको धनगढी देखि कोहरपुर सम्म पुग्ने विश्वास गरिएको छ ।’ बजार पाएपछि यहाँका किसानहरु हर्षित भइ तरकारी उत्पादनमा हौसिएका छन् ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.