फागुन १
महाकालीमा गाई धकेली रहेको भिडियो अहिले सामाजिक संजालमा भाइरल भईरहेको छ । उक्त भिडियो डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका महाकाली किनारको हो ।
गत शनिबार केहि लाईभ ज्याकेट लगाएका व्यक्तिहरुले बहु संख्यामा रहेका गाईगोरुहरुलाई महाकाली नदिमा धकेलीरहेको दृश्यमा देख्न सकिन्छ ।तर ति पशुचौपायालाई महाकाली पारी भारतको जंगलमा छोड्न लागीएको ति व्यक्तिहरुले बताएका छन् । भिडियोमा केहि व्यक्तिहरुले आफुहरुलाई पैसा दिएर नगरपालिकाले यस्तो काम गर्न पठाएको सुन्न सकिन्छ ।
उक्त भिडियो शनिबार सामाजिक अभियान्ता आसु भण्डारी नामको फेसबुक एकाउन्टबाट हालिएको थियो ।
उक्त भिडियोको वास्तबिकताको बारे परशुराम नगरपालिका मेयर भरत बडायर जोशीलाई सोध्दा आफु यसमा अनविज्ञ भएको बताएका छन् । उक्त भिडियोको नागरिकबाट चर्को आलोचना समेत भईरहेको छ ।
भिडियो …
यो पनि पढ्नुहोस् ।
आलितालको अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ५ ले लग्यो….