आलितालको अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ५ ले लग्यो….

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुराः आलिताल गाउँपालिका अध्यक्ष कप खुला भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ५ ले जितेको छ। शनिबार भएको फाइनल खेलमा वडा नम्बर ८ लाई ३–१ को सोझो सेटले हराउँदै वडा नम्बर ५ ले पुरुषतर्फको उपाधि उचालेको हो।

 

गाउँपालिकाको प्राङ्गण भीमदत्तपुरमा भएको खेलमा पहिलो, दोस्रो र चौथो सेट आफ्नो पक्षमा पर्दै वडा नम्बर ५ ले उपाधि हात पार्न सफल भएको हो । वडा नम्बर ८ को टिमले दोसोमै चित्त बुझाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

उपाधिसँगै वडा नम्बर ५ ले ट्रफीसहित ६० हजार रुयैयाँ पुरस्कार, मेडल र प्रमाणपत्र पनि पाएको छ । दोस्रो भएको वडा नम्बर ५ ले ५० हजारमै चित्त बुझाएको छ। वडा नम्बर ६ लाई हराउँदै वडा नम्बर ७ तेस्रो भयो। उसले ४० हजार रुयैयाँ पाएको छ।

 

महिलातर्फको उपाधि दुर्गा माविले उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा आयोजक आलिताल गाउँपालिकाको टिमलाई ३–२ को सेटले हराउँदै दुर्गा मावि आलिताल–८ डोलाले महिलातर्फको उपाधि उचालेको हो।

 

गाउँपालिकाको प्राङ्गणमा भएको खेलमा पहिलो, तेस्रो र पाँचौं सेट आफ्नो पक्षमा पर्दै दुर्गा मावि उपाधि जित्न सफल भयो। आयोजक आलिताल गाउँपालिका भने उपविजेतामै सीमित बन्यो। उपाधिसँगै दुर्गा माविले ट्रफीसहित ६० हजार रुयैयाँ पुरस्कार र प्रमाणपत्र पनि पाएको छ।

आयोजकले भने ५० हजारमै चित्त बुझाएको छ। महिलातर्फको भलिबल प्रतियोगितामा महादेव मावि आलिताल–७ खिन्नेभाडी तेस्रो भयो। शुक्रबार वडा नम्बर ३ लाई हराउँदै महादेव मावि तेस्रो भएको हो। उसले ४० हजार रुयैयाँ हात पारेको छ। आलिताल गाउँपालिकाको आयोजनामा बिहीबारदेखि सुरु भएको प्रतियोगिता शनिबार समापन भएको हो। खेलमा उत्कृष्ट हुने खेलाडीहरुलाइ पनि नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो भने पालिकाले विभिन्न उत्कृष्ट खेलाडी हरुलाइ समेटेर पालिका स्तरिय भलिवल टिम पनि बनाएको छ  । आलितालमा अध्यक्ष कप: दुर्गा माविले उचाल्यो महिला तर्फको उपाधि  आलितालमा चौथो अध्यक्ष कप:प्रथमको लागि भोलि वडा न.५ र ८ भिड्दै ,७ न.को हात तेस्रो स्थान

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.