Citizan

तेस्रो भित्रिमधेश कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव आजबाट सुरु

suchana alital
Chure

डडेल्धुरा। “कृषि पर्यटन, उद्योग र ब्यपार समृद्ध भित्रिमधेशको आधार” भन्ने मुल नाराका साथ डडेल्धुराको परशुराममा भित्रिमधेश कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव आजबाट सुरु भएको छ। परशुराम नगरपालिका-१२ जोगबुढाको परशुराम रंगमैदानमा महोत्सव शुदुरपश्चिम प्रदेश प्रमुख देबराज जोशिले पानसमा बत्ती बालेर आज उदघाटन गर्नु भएको हो ।

lali

जोगबुढा उद्योग बाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सव फाल्गुन २५ गते सम्म चल्ने छ। महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुति रहने छ। स्थानिय उत्पादन र स्थानिय खानाका परिकारलाई बिषेश प्ररथिकतामा राखेको उद्योग बाणिज्य संघका अध्यक्ष जनक बोहराले बताए।
महोत्सवमा भोलि कलाकार मञ्जु पौडेल, लाल बहादुर धामि अछामि बड्डो र मोडल अनुस्का भण्डारी मुख्य आकर्शक रहने छन,भने स्थानिय कलाकारको पनि प्रस्तुती रहने आयोजकले बताएका छन ।

glam &
dipti
Citizan

महोत्सवमा सुदुर पश्चिम प्रदेश सभा सदस्य डा. तारा जोशी ,प्रदेश सभा सदस्य सरस्वती खड्का,अमरगढि नगरप्रमुख ,परशुराम नगरपालिका प्रमुख रअजयमेरु पालिका अध्यक्ष लागाएतका लगाएतका अतिथिहरुको उपस्थिती रहेको थियो ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.