आलितालमा छायांकन गरिएको “सुनको तोलीमा” बोलको गीत आइतबार सार्बजनिक हुँदै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

चैत्र १८ मनोज रावत, आलिताल : मोडल करिस्मा ढकाल र खगेन्द्र बिष्ट अभिनित डेउडा गित “सुनको तोलिमा ” आइतबार (चैत २० ) सार्वजनिक हुने भएको छ ।

डडेलधुरा आलिताल गाउँपालिकाका विभिन्न पर्यटकिय क्षेत्र हरुमा छायांकन गरिएको म्युजिक भिडियो आइतबार भिम बिसि नामको युटुब च्यानल मार्फत सार्बजनिक हुन लागेको हो ।  मोडलिङ क्षेत्रमा उदाउँदै गरेका बिष्टको पहल र आलिताल गाउँपालिकाको आर्थिक सहयोगमा बनेको उक्त म्यूजिक भिडियो आलितालका विभिन्न पर्यटकीय स्थलहरुमा छायांकन गरिएको छ। आलिताल पर्यटन प्रवर्द्धनमा टेवा पुगोस् भन्ने हेतुले उक्त म्यूजिक भिडियो सतप्रतिशत आलितालमा मात्रै छायांकन गरिएको हो । भिडियोले आलिताल गाउँपालिकाको पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने दावि मोडल खगेन्द्र बिष्टले गरेका छन।
भिम बिसीको संगित र बिक्रम ओड ,मेलिना मैनालीको स्वर रहेको ‘सुनको तोलिमा, सक्कर छ कि चिनी साइबउ तिम्रा बोलीमा’ बोलको गीतको म्यूजिक भिडियो आइतबार सार्वजनिक हुन लागेको बिष्टले बताएका हुन।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.