चैत्र १३ डडेल्धुराको आलितालमा रहेको किसान बहुउद्देश्यीय सहकारीले केन्द्र प्रमुखहरुको गोष्ठि सम्पन्न गरेको छ । सोमबार आलिताल गाउंपालिकाको सभाहलमा आलिताल शाखामा आबद्ध ९१ वटा समुहहरुका प्रमुखहरुको उपस्थिति गोष्ठि सम्पन्न भएको हो ।
गोष्ठिमा संस्थाको काम कार्वाहि तथा संस्थाले गर्दै आएका कामहरु र संस्थाको नयां योजनाको बारे छलफल भएको शाखाका प्रमुख देब बहादुर कुवरले बताए । गोष्ठिको अबसरमा आलिताल शाखा भित्र रहेका उत्कष्ट ३ वटा केन्द्र, उत्कृष्ट सदस्य , उत्कृष्ट केन्द्र प्रमुख, उत्कृष्ट बचतकर्तालाई सम्मान पनि गरिएको थियो । संस्थाले एसइइमा उत्कष्ट नतिजा ल्याउने सदस्यका छोराछोरीलाई पनि नगद राशि सहित सम्मान गरेको छ । संस्थाले सदस्यहरुलाई एटिएम कार्ड समेत प्रदान गरेको छ ।
आलिताल गाउंपालिका वडा न. ४ का अध्यक्ष कमल सिं बोहराको प्रमुख अतित्थता तथा किसान बहुउद्देशिय सहकारी संस्थाका संचालक समितीका उपाध्यक्ष टेकेन्द्र थापाको सभाअध्यक्षतामा सम्पन्न भएको कायृक्रममा आलिताल वडा न. ५ का अध्यक्ष डम्मर ढांट, कृषि शेवा शाखाका प्रमुख लक्ष्मण कामी, चेतना साना किसान सहकारी संस्थाका अध्यक्ष कृष्ण दत्त जोशी ,आलिताल प्रहरी प्रमुख भुवन सिं धामी लगाएको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वडा न. ४ का वडा अध्यक्ष बोहराले आलितालमा संस्थाले राम्रै काम गरिरहेको बताउदै सबै सदस्यहरुलाई बचत तथा आबश्यकता अनुसार ऋण कारोबार गर्न आग्रह गरे । उनले भने अहिले केहि सहकारीहरुले गर्दा पुरै सहकारीको नाम बदनाम भएको बताउदै यो संस्था आफुलाई राम्रो लागेको बताए ।
कार्यक्रममा समितिका उपाध्उक्ष थापाले बिभिन्न सहकारी भन्दा उत्कृष्ट सहकारी भएको भन्दै अरुको लहै लहैमा नलागी ढुक्क संग कारोबार गर्न आग्रह गरे । उहांले आफ्नो संस्थाले सदस्यको हितमा काम गरिरहेको बताउदै आगामी दिनमा संस्थाले सदस्यको सेवा सुविधामा थप गर्ने योजना समेत रहेको बताए ।