अमरगढीले ल्यायो ४९ करोड २३ लाखको बजेट,चालु आर्थिक वर्षभन्दा साढे १४ करोड कम

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

७ असार
डडेल्धुराको अमरगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि बजेट ल्याएको छ। नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोड २३ लाख २३ हजारको बजेट ल्याएको हो।

Dadeldhura Hospital

यो वर्ष अमरगढी नगरपालिकाले चालु आर्थिक वर्षभन्दा साढे १४ करोड घटाएको छ। अमरगढीले चालु आर्थिक वर्षका लागि ६३ करोड ९१ लाख ९५ हजारको बजेट ल्याएको थियो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

बिहीबार भएको १३औं नगरसभामा मेयर डिल्लीराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएपछि वडा नम्बर १० का अध्यक्ष खेमराज भट्टले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन्।

नगरपालिकाले कुल बजेटमध्ये चालुतर्फ ३४ करोड ३५ लाख १० हजार र पूँजीगततर्फ १४ करोड ८८ लाख १३ हजार विनियोजन गरेको छ। केही नयाँ र केही पुराना कार्यक्रमलाई समेट्दै बजेट ल्याइएको छ।
यो वर्ष नगरपालिका ले नियमित कार्यक्रमहरु संगै उपप्रमुखको कोसेली, ब्लड बैंक, आँखा अस्पताल र महिला सेफ हाउस सञ्चालनका लागि पनि बजेट छुट्याइएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.