अजयमेरु गाउँपालिकाले ल्यायो ४५ करोड ३९ लाखको बजेट

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिकाले ४५ करोड ३९ लाख ६ हजार बजेट ल्याएको छ। आइतबार गाउँपालिका उपाध्यक्ष बसन्ती पालले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि उक्त बजेट गाउँसभाको १३औँ अधिवेशमा प्रस्तुत गरेकी हुन्।

 

Dadeldhura Hospital

जसमध्ये चालुतर्फ ९ करोड ५७ लाख ६० हजार, पूँजीगततर्फ १४ करोड १४ लाख ५३ हजार र शसर्ततर्फ २३ करोड ८६ लाख बजेट विनियोजन गरिएको छ। गाउँपालिकाको नीति तथा कार्यक्रम केहीदिनअघि अध्यक्ष उमेशप्रसाद भट्टले प्रस्तुत गरेका थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

गाउँपालिकाले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिए। अधिवेशले बजेट तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको उनले बताए।

अजयमेरुले चालु आर्थिक वर्षभन्दा बजेट घटाएर ल्याएको हो। चालु आवमा गाउँपालिकाले ४७ करोड ५८ लाख १३ हजार बजेट ल्याएको थियो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.