आलिताल गाउँपालिकाले ल्यायो ४३ करोड ३ लाख ८२ हजार ६ सयको बजेट

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिकाले ४३ करोड ३ लाख ८२ हजार ६ सय बजेट ल्याएको छ। आइतबार गाउँपालिका उपाध्यक्ष मैना कुमारी रावलले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि उक्त बजेट गाउँसभाको १५औँ अधिवेशमा प्रस्तुत गरेकी हुन्।
जसमध्ये चालुतर्फ ३१ करोड १३ लाख ६२ हजार, ६ सय , पूँजीगततर्फ ११ करोड ९० लाख २० हजार बजेट विनियोजन गरिएको छ।

Dadeldhura Hospital

पालिकाले अनुमान गरेको बजेटको स्रोत मध्ये संघीय राजस्व बांडफाडबाट ९ करोड ३३ लाख ८ हजार ६ सय,प्रदेश राजस्व बांडफाडबाट २२ लाख ५६ हजार,पालिकाको आन्तरिक स्रोतबाट १ करोड ,संघीय समानिकरन अनुदानबाट ८ करोड २९ लाख,प्रदेश समानिकरन अनुदान वाफत ६६ लाख ६८ हजार ,शशर्त अनुदान चालू १७ करोड ३८ लाख ५० हजार  ,शर्सर्त अनुदान पुजिगत १ करोड ४७ लाख ,प्रदेश विशेष अनुदान चालू ३० लाख,संघीय विशेष अनुदान पुजिगत २ करोड ५० लाख,प्रदेश विशेष अनुदान पुजिगत ५७ लाख, संघीय सम्पुरक अनुदान पुजिगत ७० लाख र प्रदेश सम्पुरक अनुदान पुजिगत ६० लाख हुनेछ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

गाउँपालिकाले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको गाउँपालिका अध्यक्ष शेर सिं पार्कीले जानकारी दिए। अधिवेशले बजेट तथा कार्यक्रम भने केही दिनको छलफल पछि मात्र पारित हुने उनले बताए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.