Citizan

आलिताल – ५ का वडाअध्यक्ष ढांटको १ वर्षे कार्यकाल,सोचे जस्तो भएन

suchana alital
Chure

असार ११
डडेल्धुराको आलिताल गाउंपालिका वडा न ५ ले पनि सोमबार आफ्नो १ वर्षे कार्यकालको उपलब्धीलाई सार्वजनिक गरेको छ।
२०७९ बैसाख ३० मा सम्पन्न दोस्रो स्थानिय तह निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएका डम्मर ढांटले आफनो एक बर्षे कार्यकालको उपलब्धी सार्बजनिक गरेका हुन । नेकपा माओबदी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष ढांटले संघ, प्रदेश, स्थानीय, बिभिन्न गैरसरकारी संघ, संस्थाको पहलमा वडा.न ५ मा आफ्नो कार्यकालमा भएका उपलब्धीहरुलाई स्पष्ट पारेका हुन ।
उनले वडा अध्यक्षमा निर्वाचित पश्चात पालिकाबाट ५१ लाख ५० हजार बजेट पाएका थिए । उक्त बजेटबाट कृषि,खानेपानी ,सडक,सिचाईका कामहरुमा सुधार भएको बताएका छन् । उनले उक्त बजेटबाट तिलेता जहल रंगुन सडक,बाहिरीसैन सिमखेत सडक,पुराना सडक सरसफाई गर्ने कार्य,ध्याडी सिचाई पाइप,बन्तोला खानेपानी मुहान संरक्षण,बाहिरीसैन भावर खानेपानी मौभेरा मुहान संरक्षण,सरस्वाति माध्यमिक बिद्यालयमा खेलमैदान निर्माण,बालकल्याण आधारभुत बिद्यालयको घेरबार,बालबिकास केन्दमा शौचालय निर्माण, स्वरोजगारका कार्यक्रम जस्ता कामहरु गरेका छन । तेस्तै वडाले खेलकुदका कार्यक्रम,गोठ सुधारका कार्यक्रम,गौरा तथा तिज बिषेश कार्यक्रम,जनजाती सांस्कृतिक कार्यक्रम,जेष्ठ नागरिक,एकल,अपांग,असायहरुलाई सम्मान कार्यक्रम,दलित लक्षीत कार्यक्रम,नारी दिवस कार्यक्रम,सुकुम्बासी व्यबस्थापन कार्यक्रम,एचआइभि संकमितलाई औषधि खरिद कार्यक्रम,विपन्न विद्यार्थी पोशाक कार्यक्रम,एसइइ गरेका विद्यार्थीलाई आधारभुत तालिम,आधारभुत स्वास्थ्य केन्द्रको व्यवस्थापन जस्ता कामहरु गरिएको अध्यक्ष ढांटले बताए ।

 

glam &
dipti
Citizan

यस आर्थिक बर्षमा वडाले केराखेतिको कार्यक्रम , महिला लक्षीत कार्यक्रम र बाहिरीसैन मल्लेखेडा खानेपानी मर्मतको काम बजेट अभाब साथै समयमै सम्झौता हुन नसक्दा सम्पन्न हुन नसकेको पनि बताए ।
तेस्तै वडाले गरेका कामहरुको निरन्तर अनुगमन तथा मुल्यांकन गर्ने गरेको पनि बताए । ढांटका अनुसार वडाको यस आर्थिक बर्षको काम करिब ९५ प्रतिशत भन्दा धेरै सकिसकेको र बाकि यसै महिनाकोअन्त सम्म सत प्रतिशत काम सकिने बताए । पालिकाकै सुगम वडाको रुपमा रहेको वडामा प्रदेश तथा सघिंय सरकारको सहयोगमा धेरै काम भइसकेको उनले बताए ।

lali

वडामा सुदुर पश्चिम सरकारको सहयोगबाट सुन्दरनगर सिचाइं कुलो ,गोलेथर तिलेता खानेपानी योजना,जमुनगोढ सिचाईकुलो ,बाल कल्याण आधारभुत विद्यालयको भवन निर्माणको कार्य, तेस्तै घट्टेजाला टतबन्ध,जहलखहरे टतबन्ध,पर्सेरावल सडक बिस्तार जस्ता कामहरु गरिएको समेत बताए । वडामा प्रदेशबाट ३० लाख बराबरको भैसीपालन कार्यक्रम पनि सम्पन्न भएको पनि बताए ।

सुगम वडा मानिएतापनि वडाको पर्सेरावल बस्तीमा भने बिजुली र सडकको पहुच पुगेको छैन । अध्यक्ष ढांटका अनुसार उक्त बस्तीमा बिजुली बिस्तारका लागी टेन्डर समेत भईसकेको भए तापनि ठेकेदार कम्पनिको ढिलासुस्तीले बस्तीमा बिजुली बत्ती पुग्न नसकेको बताए । उनले भने बिजुलीका केहि पोलहरु गाडीएका छन् तर कामको निरन्तरता भने छैन । गत बर्ष पर्सेरावल सम्मको सडक बिस्तारमा प्रदेशको सहयोग थियो तर उक्त बजेट प्रयाप्त नहुदा बस्तीमा सडक पनि पुग्न सकेको छैन । उक्त बस्तीमा सडक र बिजुली बत्ती पुर्याउनु आफ्नो पहिलो प्राथमीकताको काम भएको बताए ।

दियालोखबरसंग कुरा गर्दै ढांटले बजेट र जनशक्तीले भ्याएसम्मको काम गरिएतापनि आफुले निर्वाचित हुनेबेला सोचेजस्तो काम गर्न नसकिएको समेत स्वीकार  गरे । उनले भने धेरै कुराहरु गरौला भनेर सोचेको थिए तर तेसो हुन सकेको छैन ।

वडाले पुरानै आफ्नो कार्यालयबाट सेवा दिदै आए पनि यस आर्थिक बर्षमा वडाको नयां कार्यालय भवन बन्न लागेको उनले बताए । यस आउदो आर्थिक बर्षमा पनि सुदुर पश्चिम प्रदेश सरकारबाट विद्यालयका भवन देखि खानेपानीका योजनाहरु आएको बताए ।

Jorayal
Tarkari
You might also like
1 Comment
  1. Ganesh Datt Joshi says

    पुरानै कामको निरंतरता ! परिवर्तित जनादेश्को आकान्क्षालाई बुझेर नयाँ योजना र कार्यक्रम सहित काम गर्नुस शुभकामना !

Leave A Reply

Your email address will not be published.