parwat hotel
Citizan

आलिताल गाउँपालिकाद्वारा २०७९/०८० को वित्तीय प्रगती सार्वजनिक:कुल बजेटको ७६.३८ प्रतिशत खर्च

bhageswar small
alital janahit
lali

डडेल्धुरा आलिताल गाउँ पालिकाले गत आर्थिक बर्ष २०७९/०८० को वित्तीय प्रगती सार्वजनिक गरेको छ । गत आर्थिक बर्षमा आलिताल गाउँ पालिकाले कुल बजेटको ७६.३८ प्रतिशत खर्च गरेको छ ।
पालिकाको ५० करोड ३५ लाख २० हजार ३४९ मध्ये ३८ करोड ४५ लाख ९९ हजार ४८० खर्च गरेको हो ।
पालिकाको कुल चालू खर्च ३४ करोड ८ लाख ४४ हजार ४८१ मध्ये २७ करोड ९० लाख ८३ हजार ८८३ दसमलव ४५ पैसा खर्च गरेको छ भने कुल पुजिगत खर्च १६ करोड २६ लाख ७५ हजार ८६८ मध्ये १० करोड ५५ लाख १५ हजार ५९७ खर्च गरेको छ ।
पालिकाले यस आर्थिक बर्ष २०८०/८१ को लागि ४३ करोड ३ लाख ८२ हजार ६ सय बजेट ल्याएको छ ।
जसमध्ये चालुतर्फ ३१ करोड १३ लाख ६२ हजार, ६ सय , पूँजीगततर्फ ११ करोड ९० लाख २० हजार बजेट विनियोजन गरिएको छ।
आलितालले गत आर्थिक वर्षभन्दा बजेट घटाएर ल्याएको हो। चालु आवमा भन्दा गाउँपालिकाले ५.५९ प्रतिशतले घटाएर बजेट ल्याएको हो ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.