Citizan

आलितालका पहिरो पिडितलाई समाजसेबी बिष्टको सहयोग

Chure

डडेल्धुुरा: डडेल्धुरा जिल्लाको आलिताल — १ का पहिरो पिडितलाई युवा समाजसेबी विनोद बिष्टले सहयोग गरेका छन् ।
पहिरो पिडितलाई खानेपानी , विजुली र खाद्यान्नको अभाव भएको खबर थाहा पाएपछि उनले यँहाका २२ पिडित परिवारलाई सहयोग गरेका हुन् । समाजसेवी बिष्टले पिडित परिवारलाई ५ क्वाईल प्लास्टिक पाईप र ४ बल्भ बल्ने २ ओटा सोलार सेट सहयोग गरेका छन् । असारको बर्षाले पहिरोको जोखिम भएपछि यँहाका नागरिक लाई नजिकैको जंगलमा व्यवस्थापन गरिएको थियो । नयां ठाउमा सारिएपछि उनीहरुले १ किलोमिटर टाढा बाट पानी बोकेर ल्याउने गरेका थिए । जुन बाध्यता अब बाट हट्ने भएको छ । समाजसेवी बिष्टले बिभिन्न समस्यामा परेको अवस्थामा बेला बेला सहयोग गर्दै आउने गरेका छन् ।

lali


केहि दिन अगाडी मात्र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार पिडितलाई अस्थायी टेन्ट,वायु पंखि चुलो बाल्टी जग र बलाङ्केट जस्ता समाग्रीहरुको व्यवस्था गरेर सुरक्षित स्थान टाँक भन्ने ठाउँमा सारिएको थियो । पहिले गाउंमा पहिरोको जोखिम भएपछि विद्यालयमा बसोबास गरिरहेका हुदा विद्यालयको पठनपाठन समेत प्रभावित भएको थियो । पिडितलाई वडा तथा पालिकाले राहात स्वरूप खाद्य सामाग्री चामल,दाल,तेल,तरकारी नुन र अन्य सर समान दिदै आएको थियो ।

glam &
Citizan

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.