parwat hotel
Citizan

आलितालमा निर्माणाधिन यी ठूला योजनाको के छ अबस्था?

bhageswar small
alital janahit

भदौ २६
मुलुक नयाँ राज्य संरचनामा अगाडी बढीसकेको छ । २० बर्ष सम्म हुन नसकेको स्थानियतहको निर्वाचन सम्पन्न भई स्थानिय तहमा नयाँ जन प्रतिनिधिहरु आएको पनि ६ बर्ष नाघिसक्यो । संघियताको कार्यान्वयन मुलुकमा अगाडी वढीरहेको छ । मुलुक समृद्धिको बाटोको दिशामा अघाडी वढ्ने विश्वास लिईएको छ । देशमा भौतिक विकास,आर्थिक सामाजिक र साँस्कृतिक क्षेत्रमा पनि महन्वपुर्ण परिवर्तको अपेक्षा आमनागरिकहरुले गरिरहेका छन । देशमा बिभिन्न बिकासका संरचना बनाउने कार्य तिब्र नै देखिन्छ । संरचना बनिसकेपछि तेसको उपयोग कति गर्न सकियो सकिएन त्यो बहसको विषय होला तर संचरना भने बनिरहेको देखिन्छ । डडेल्धुराको आलिताल गाउंपालिकामा मात्रै बिगत ६ बर्ष यता हेर्ने हो भने धेरै भौतिक संरचना बनिसकेको देखिन्छ । बिभिन्न वडाका कार्यालय भबन, पालिकामा बनाइएको सभाहल, विभिन्न विद्यालयमा निर्माण भएको विद्यालय भवन,पुल,तटबन्ध,विभिन्न मठ मन्दिर देखि गाउं गाउंमा बनाइएका आमा समुहको भवनहरु प्रशस्तै मात्रामा बनेको देखिन्छ र अझै बन्ने क्रममै छन् । गत आर्थिक बर्षमा सम्झौता भएका संरचनाहरु अहिले बन्दै छन् कोहि बन्ने क्रममा छन् ।

glam &
Citizan

 पालिका परिसरमा निर्माणाधिन प्रशासकिय भवन

गत आर्थिक बर्षमा सम्झौता भएको एक महत्वपूर्ण संरचना हो प्रशासकिय भवन । ५ करोड ५४ लाख २० हजार ४ सय ९६ रुपैयां लागतमा निर्माण भइरहेको छ । निर्माणको ठेक्का लिएको पन्त जेबि कन्टक्सनले २०८१ बैशाख २० गते सम्ममा सम्पन्न गरि सक्नु पर्नेछ । भने अहिले भवनको दोस्रो तलाको धलान कार्य हुन लागेको छ ।

तेस्तै आलितालको वडा न. २ मा पनि स्वास्थ्य भवनको निर्माण कार्य हुने भएको छ । सिताराम डोलारी जेबि कन्टक्सनले २ करोड ११ लाख ६३ हजार ६ सय ७१ रुपैयांमा निर्माणको ठेक्का पाएको छ । स्वास्थ्य भवनको निर्माण कार्य २०८२ साल बैशाखमा सम्पन्न गरि सक्नु पर्नेछ । अहिले गैरा गांखेत सडक बर्षातका कारण अबरुद्ध भएकाले निर्माणमा ढिलाई भएको निर्माण कम्पनिले बताएको छ ।

lali

गोदाम बजारमा निर्माणाधिन दश शैयाको हस्पिटल
                         अहिले निर्माण कार्य बन्द छ

तेस्तै आलितालको गोदाम बजार नजिकै बन्न लागेको १० शैयाको हस्पिटल पनि एक हो । राजेन्द्र निर्माण सेवा प्रालिले ७ करोड ३९ लाख ९७ हजार ५ सय ४१ रुपैयांमा मिति २०८० असार १५ गते भित्र निर्माण सम्पन्न गर्ने गरि सम्झौता गरेको थियो तर अहिले उक्त अस्पतालको कार्य १२ प्रतिशत मात्र भएको छ भने निर्माण कार्य समेत बन्द रहेको छ । निर्माण कम्पनिका अनुसार सरकारी निकायबाट नै निर्माणका लागि बजेट उपलब्ध नभएकोले निर्माण कार्यमा ढिलाई भएको बताएका छन् ।

 

                     आलितालको घुम्ति बजार नजिक बनेको खेल मैदान

तेस्तै आलितालमा बनिरहेरेको खेल मैदान पनि गाउंपालिकाको एक नमुना कार्य हो । करिब दुई बर्षको बजेट एक करोड भन्दा माथिको रकमबाट निर्माण सम्पन्न भएको खेल मैदान अहिले हेर्दा चिटिक्क देखिन्छ । चिटिक्क देखिने खेलमैदानमा यस आर्थिक बर्षमा पनि ७ लाख बजेट रहेको पालिकाले जनाएको छ ।

तेस्तै पलिकाको महत्वपूर्ण चुनौतिको रुपमा रहेको सुनखोला तटबन्ध पनि बन्ने भएको छ । तटबन्धको निर्माण एसएस दिप जेबी कन्टक्सनले गर्नेछ । ३ करोड २७ लाख ८६ हजार ९२४ रकममा ठेक्का पाएको निर्माण कम्पनीले मिति २०८२ सम्म सम्पन्न गरिसक्नु पर्ने छ । बर्षातको समयमा निकै उर्लिएर भेल आउने खोलाले गोदाम बजारको मल्लो भाग देखि घुम्ती बजार सम्मलाई जोखिममा पार्दै आएको छ । तटबन्धको काम भए बस्तीसंगै खेल मैदान पनि सुरक्षित हुनेछ ।  तटबन्धको काम पनि सुरु भएको छैन ।

तेस्तै गाउंपालिका परिसर भित्रै निर्माणाधिनमा छ कृषि भवन । यो पनि संघिय सरकारको सहयोगमा २ करोड ३० लाखको लागतमा बन्दै गरेको हो ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.