Citizan

डडेल्धराको आलितालमा दुई करोड बढीको लागतमा कृषि भवन बन्दै

suchana alital
Chure
lali

भदौ २७ , डडेल्धराको आलितालमा एकीकृत कृषि तथा पशु सेवा केन्द्र भवन भवनको शिलन्यास भएको छ । पालिकाको परिसर भित्रै कृषि तथा पशुको क्षेत्रमा एकिकृत रुपमा काम गर्ने उद्देश्यले दुई तले भवनको शिलन्यास भएको हो ।
ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजनाको आर्थिक सहयोगमा बन्न लागेको भवनको शिलन्यास आयोजना प्रमुख द्रोण बहादुर बुढाथोकीले गरेका हुन् ।
ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाले ग्रामीण उद्यमशिलता विकासलाई प्रोत्साहित गर्नका लागि प्रमुख आर्थिक कोरिडोर क्षेत्रका साना कृषि उत्पादकहरु तथा खरिदकर्ताहरु बिचमा उत्पादनमूलक साझेदारी तथा बजार सम्बन्धको विकास मार्फत बजार पहुँचमा सुदृढ तथा सहजिकरण गर्न भवनको शिलन्यास गरिएको आयोजना प्रमुख बुढाथोकीले बताए ।
बुढाथोकीका अनुसार आयोजनाले आवश्यक नीतिगत खाका, आवश्यक संरचनाहरु निर्माण र क्षमता विकास लगायत अन्य सहयोगी सेवाहरु मार्फत उपयुक्त उद्यमशिलताको वातावरण निर्माण गर्न समेत सहयोग पुर्‍याउदै आएको बताए। उत्पादनमूलक साझेदारीलाई प्रवर्द्धन गर्ने उत्कृष्ट व्यवसायिक योजनाहरुलाई पूरक अनुदान, मागमा आधारित साना कृषि बजार केन्द्रहरु निर्माण, मूल्य श्रृंखला सम्बन्धित आधारभूत संरचनाहरु निर्माण, प्रादेशिक बजार निर्माण आयोजनाको प्रमुख लगानीका क्षेत्रहरु रहेको समेत बुढाथोकीले बताए ।


२ करोड ३५ लाख ५४ हजार ७ सय १४ रुपैयांको लागतमा सम्पन्न हुने भवनको निर्माण अबधि भने एक वर्ष मात्र रहेको छ । निर्माणको ठेक्का पाएको सिनर्जी प्रा लि. ले उक्त भवन २०८१ असार सम्म सम्पन्न गरि सक्नु पर्नेछ । शिलन्यास कार्यक्रममा आलिताल गाउंपालिका अध्यक्ष शेर सिंह पार्की,नेपाल प्रत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मत सिंह,आलितालका सब इन्जिनियर राजेन्द्र रावल,आलितालका सूचना अधिकारी नवराज ओझा,कृषि शाखा प्रमुख लक्ष्मण कामी,भेटनरी शाखा प्रमुख डम्मर राज जोशी लगाएतको उपस्थिति रहेको थियो ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.