डडेल्धुराको आलितालले चाल्यो एम्बुलेन्स खरिदको पहल

ग्यारेजमा थन्किएको एम्बुलेन्सको मर्मत सम्भार हुदै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

असोज ५

डडेल्धुराको आलिताल गाउंपालिकाले एम्बुलेन्स खरिद गर्न पहल चालेको छ । पालिकाले आज एक सूचना जारी गर्दै पालिकालाई आबश्यक 4wd दुई वटा एम्बुलेन्स खरिदको लागी पहल चालेको हो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

पालिकाको सूचना अनुसार एम्बुलेन्स उत्पादन गर्ने कम्पनि वा आधिकारिक बिक्रेताको सूचि तयार गर्ने प्रयोजनका लागि सार्बजनिक खरिद ऐन २०६३ को दफा ८ को (क,८) र सार्बजनिक खरिद निमावली २०६४ को नियम १८ बमोजिम सुचि दर्ता गर्न फर्महरुलाई सात दिने सूचना लगाइएको छ ।

Dadeldhura Hospital

गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेटमा २ थान एम्बुलेन्स खरिद गर्ने उल्लेख छ। सोहीअनुसार गाउँपालिकाले एम्बुलेन्स खरिदका लागि प्रक्रिया अगाडि बढाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह ठगुन्नाले जानकारी दिए।

बिरामी तथा गर्भवतीलाई प्रसूति गराउन अस्पतालसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स खरिद गर्न लागिएको गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले बताए। उनका अनुसार पालिकाभित्रका कुनैपनि नागरिक एम्बुलेन्सको अभावमा उपचारबाट वञ्चित हुन नपरोस् र सबै गाउँपालिकावासीलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सकियोस् भनेर एम्बुलेन्स खरिद गरिँदैछ।

पालिकामा संचालन हुदै आएको दुई वटा एम्बुलेन्स मध्ये एउटा संचालनमा छ भने अर्को ८ महिना देखि ग्यारेजमै थन्किएको छ । पालिका अध्यक्ष शेर सिं पार्कीका अनुसार ग्यारेजमा थन्किएको एम्बुलेन्सको मर्मत सम्भार कार्य पनि अन्तिम चरणमा पुगेको छ भने केहि दिनमै पालिकामा सेवा दिन आईपुग्ने छ ।

अध्यक्ष पार्कीले निर्वाचित हुदै गर्दा एक वडा एक एम्बुलेन्सको व्यवस्था गर्ने बताएका थिए । चुनाबी घोषणा पत्रमै उल्लेख गरेर चुनाव जितेका अध्यक्ष पार्कीले पछिल्लो समय भएको एम्बुलेन्स पनि संचालन गर्न नसकेको भन्दै चर्को आलोचना खेप्दै आएका छन् । आज पालिकाको सूचना सामाजिक संजालमा पोष्ट गर्दै अध्यक्ष पार्कीले भनेका छन् । हामी बोलेका कुरामा बचनबद्ध छौ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.