parwat hotel
Citizan

३२ बर्ष देखि ओछ्यानमै सुतिरहेकी तुलसीको नोभा हस्पिटलमा नि:शुल्क चेकजांच हुने

bhageswar small
alital janahit

३२ बर्ष देखि ओछ्यानमै सुतिरहेकी तुलसी घर्तिमगरको नोभा हस्पिटलमा चेकजांच हुने भएको छ ।

डडेल्धुराको आलिताल गाउंपालिका वडा न. ८ डोला गाउं घर भएका घर्तिमगरको धनगढीमा रहेको नोभा हस्पिटलमा नि:शुल्क चेकजांच हुने भएको हो ।

glam &
Citizan
lali

समाजसेबी बिनोद पाण्डेयको सहयोगमा घर्तिमगरलाई नोभा हस्पितल लगीने भएको हो । घर्तिमगरलाई करिव डेढ बर्षको हुदा अकस्मात शरिर लुलो हुने रोग लागेको थियो । रोग देखा परेपछि परिवारले सामान्य अस्पताल सम्म पुर्याएका थिए । तर आर्थिक अवस्था कमजोर भएका कारण राम्रो हस्पिटल पुर्याउन नसकेपछि उनलाई धनगढीबाटै फिर्ता ल्याइएको थियो । त्यस यता ३२ बर्ष सम्म घर्तिले कुनै अस्पताल देखेकि छैनन् । गाउंघरमै धामीझक्रीको सहारामा निको हुने आशा लिएर बाचेकी तुससीलाई अस्पताल जाने निकै ठुलो धोको रहेको आफै बताउछिन् । उनी भन्छिन् मलाई अस्पताल जाने मन छ , तर कसैले लगीदिदैन ।

चिने जाने जतिलाई साइनो अनुसारले बोल्ने तुलसीको शरिर भरी दिसाले लपेटिएको हुदा जो कोहि नजिक जादैनन् । दियालो खबरको टिमले घर्तिमगरको समस्यालाई उठान गरेपछि अहिले आर्थिक सहयोगको बाटो खुलेको छ । अहिले घर्तिमगरलाई बिभिन्न ठाउंबाट सहयोग आउने क्रम जारी छ । तुलसी बोल्न सक्ने भए पनि उनी उठ्न खान,बस्न सक्दैनन् । ३२ बर्ष देखि गाईको गोठमा सुतिरहेका तुलसीको हेरचाहमा पनि समस्या रहेको छ । उमेरले ३२ पुगेकी तुलसी दिसा पिसाव पनि शरिरमै गर्छिन् ।
सहयोग गर्न इश्वर घर्ति
नबिल बैंक खाता न. ०६८१००१७५०१६०२
सम्पर्क न. ९८२२६७७१८७
९८६८६७०८००
उनको दियालो दबरले तयार पारेको भिडियो हेर्न तलको लिंकमा क्लीक गर्नुहोला

https://youtu.be/Pix8I7b8yEI?si=HIUlE9WNsYyOzB-_

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.