![alital janahit](https://diyalokhabar.com/wp-content/uploads/2024/10/aalital-janahit.jpg)
बझाङः भूकम्पपछिको पहिरोमा परेर बझाङमा एक महिलाको मृत्यु भएको पुष्टी भएको छ । भूकम्पपछिको पहिरोमा परेर बझाङमा बेपत्ता भएकी महिलाको शव आज फेला परेको हो । टिमुर टिप्न मंगलवार दिउँसो गाउँनजिकैको जङ्गलमा गएकी एक महिलाको शव फेला परेको हो ।
![lali](https://diyalokhabar.com/wp-content/uploads/2022/12/lali.gif)
जिल्लाको जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी ४० वर्षीया गुनमति धामीको शव आज फेला परेको हो । पहिरोमा च्यापिएको अवस्थामा फेला परेको शव निकाल्न जिल्ला प्रहरी कार्यालय बझाङबाट इन्स्पेक्टर दीपेश चौधरीको नेतृत्वमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारि दिएको छ ।
![glam &](https://diyalokhabar.com/wp-content/uploads/2022/12/glam-glory.gif)
![Citizan](https://diyalokhabar.com/wp-content/uploads/2023/07/jeewan-bima-jaruri-chha-1200-x-100-px.gif)
भूकम्पबाट बझाङमा मात्रै १३ जना घाइते भएका छन् । भूकम्पले सदरमुकाम चैनपुरसहित आसपास गाउँका केही घर, विद्यालय र वडा कार्यालय गरी अहिलेसम्म एक सय ६० भन्दा धेरै भौतिक संरचनामा क्षति पुगेको अनुमान गरिएको छ ।
![krisnapur big](https://diyalokhabar.com/wp-content/uploads/2024/06/krisnapur1.jpg)