Citizan

गेटामा अस्पताल सञ्चालन,पहिलो दिनमै १८ बिरामी लिए सेवा

suchana alital
Chure

धनगढीः कैलालीको गेटामा अस्पताल सञ्चालनमा आएको छ। पहिलो दिनमैअस्पतालमा १८ जना बिरामीले स्वास्थ्य सेवा लिएका छन्। संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको एक सय शय्या क्षमताको अस्पताल बुधवारदेखि सञ्चालनमा आएको हो। मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठानपछि विश्वविद्यालय घोषणा गरिएको थियो ।

अस्पतालका निर्देशक प्रमोद जोशीका अनुसार बुधवार पहिलो दिन १८ जना विभिन्न रोगका बिरामीले स्वास्थ्य उपचार सेवा लिएका हुन्। अस्पताल सञ्चालनका लागि आवश्यक बजेट, कर्मचारी व्यवस्थापन, स्वास्थ्य उपकरण औषधि लगायतको प्रबन्ध गरिएको छ।

glam &
dipti
Citizan
lali

अस्पताल सञ्चालनका लागि सहकायक स्तर र श्रेणीविहिन गरेर एक सय १० जना र नेपाल सरकार मन्त्रीपरिषदको २०८० असोज १६ गतेको निर्णयअनुसार राजपत्राकिंत तथा अधिकृत स्तर ३१ जनाको अस्थायी दरबन्दी संरचना स्वीकृत भएपछि अस्पताल सञ्चालनमा आएको हो।

आर्थिक वर्ष २०८०/८१ को बजेटमा गेटा अस्पताललाई एक सय शय्या क्षमताको अस्पतालको रुपमा विकास गर्न पूर्वाधार निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेट व्यवस्थापन गरिएको थियो। संघीय सरकारले चालु आर्थिक वर्षमा कर्मचारीको तलब सुविधाका लागि तीन करोड ५० लाख र उपकरण खरिदका लागि ८० करोड बजेट विनियोजन गरेको छ।

२०८० भदौ १३ गतेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव स्तरको निर्णय अनुसार वार्षिक विकास कार्यक्रम स्वीकृती भई प्राप्त भएको एवं चालु आर्थिक वर्षको बजेट कार्यान्वयन सम्वन्धि मार्ग दर्शन गेटा अस्पताललाई प्राप्त भएपछि आजदेखि अस्पताल सञ्चालनमा आएको अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले बताए।

गेटा अस्पतालबाट जनरल ओपिडी, हाडजोर्नी तथा नसारोग ओपिडी, स्त्री सेवा, जनरल सर्जरी, अल्ट्रासाउन, एक्सरे, प्रयोगशाला सेवा र फार्मेसी सेवा सञ्चालनमा ल्याइएको छ। साथै एमसीएच क्लिनिक सेवा कात्तिक महिनाभित्र, खोपसेवा विस्तार र अन्तर्ङ सेवा मंसिर महिनाभित्र, इमरजेन्सी सेवा र प्रसुती सेवा पौष महिनाभित्र, शल्यक्रिया सेवा विस्तार चैत महिनाभित्र, आइसियु तथा एनआइसियु सेवा आगामी बैशाखभित्र सञ्चालनमा ल्याउने तयारी छ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.