मगर भाषाको संरक्षण गर्दै वडा कार्यालय

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुराको आलिताल गाँउपालिका –८ को कार्यालयले मगर भाषाको संरक्षण गर्न मगर ढुँट भाषाको कक्षा सञ्चालन गरेको छ । हिजो (शुक्रबार) एक कार्यक्रम नै गरि मगर ढुँट भाषा कक्षा सञ्चालन भएको हो ।

Dadeldhura Hospital

आलिताल ८ को डोला गाउंमा करिब १ सय पचास परिवार पुस्तौ देखि बस्दै आईरहेका मगरहरुको भाषा बिस्तारै लोप हुदै गईरहेकोले भाषालाई जिवन्त राख्न कक्षा नै संचालन गर्नु परेको नेपाल मगर संघ सुदूर पश्चिम प्रदेश सचिव  पदम बहादुर डालामगरले बताए ।  पालिका भित्रकै एक सांस्कृतिक पहिचान बोकेको डोला गाउंमा बस्ने मगरहरुको आफ्नै भाषा,संस्कृति,लिपि, भेषभूषा,परम्परा रहदै आएको छ । सोहि भाषा संस्कृति नै अहिलेको पुस्ताले बिर्सन थाले पछि यस क्षेत्रको मगर भाषा सस्ंकृति नै लोप हुने हो कि भन्ने चिन्ता भएको यहांका मगर अगुवा रामचन्द्र पुन मगरले बताए । पुनका अनुसार मगरहरुको भाषा संस्कृतिलाई जोगाउन बिभिन्न कार्यक्रमहरु पनि गरिदै आईरहेको भएता पनि भाषा एक महत्वपूर्ण पक्ष भएकोले यसको संरक्षण गर्न लागेका हौ । वडाको ठूलो क्षेत्रमा बस्दै आएका मगरहरुको भाषा ,संस्कति संगै मगर पहिचानलाई बचाउन वडा कार्यालय पनि लागी परेको वडा अध्यक्ष धन बहादुर देउबाले बताए ।  उनले भने  वडा भित्र रहेका बिभिन्न भाषा,सस्ंकतिलाई बचाई राख्ने हाम्रो दायित्व भएकोले यस्तो कार्यक्रम गरिएको बताए । लोप हुन लागेको मगर भाषालाई जगेर्ना गर्दा पर्यटन बिकासलाई समेत टेवा पुग्ने उनको भनाई छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

बाक्लो मगर बस्तीमा पर्यटन प्रबद्र्धन गर्न केहि बर्ष देखि लांघाली होम स्टे समेत संचालनमा रहेको छ । कक्षा अढाई महिना सम्म चल्ने बताईएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.