parwat hotel
Citizan

गोरु पाल्ने किसानलाई हलो उपहार

bhageswar small
Chure

मुसिकोट नगरपालिका– ८ ले कृषि कर्म गरिरहेकाहरूलाई प्रोत्साहन गर्न गोरु पाल्ने किसानहरूलाई हलो उपहार प्रदान गरेको छ।

lali

गुल्मीको मुसिकोट नगरपालिका– ८ का ४० जना किसानलाई हलो, फाली, कराह र क्याल्सियम प्रदान गरिएको हो ।
मुसिकोट नगरपालिका– ८ का वडा सचिव प्रदीप पौडेलले जानकारी दिए अनुसार गाउँमा व्यावसायिक खेती गर्नेभन्दा जीविकोपार्जनकै लागि कृषि कर्म गर्नेहरू बढी छन्। धेरैले गोरु पाल्न छोडे । गाउँमा ट्रयाक्टर वा मेसिनको कम प्रयोग गरिन्छ । जोत्ने गोरुहरूको अभाव किसानहरूले झेलिरहेका हुदा यस्तो कार्यक्रम गरिएको बताए ।

glam &
Citizan

मुसिकोट नगरपालिकाले कृषि, पर्यटन र उद्योगलाई प्रमुख समृद्धिको आधार मानेको छ । जसका लागि व्यावसायिक कृषि गर्ने किसानलाई अनुदान, प्रविधि सहयोग र सीप विकासमार्फत उद्यम सिर्जनाका काम गरिरहेको छ भने पर्यटन पूर्वाधार निर्माणमा पनि नगरले जोड दिइरहेको मुसिकोट नगरपालिकाका मेयर जीवन खरेलले बताए । खरेलले यो वर्षबाट बाँझो रहेका जग्गा भूमि बैंक स्थापना गरी नगरले लिएर काम गर्ने युवा उद्यमीहरूलाई हस्तान्तरण गर्ने योजना बनाएको बताए ।

त्यस्तै, नगरले बजारीकरणतर्फ कृषि उपजको बिक्री सुनिश्चित गर्न इकाइ स्थापना र मूल्य तोकेर कृषकको बजारमा नबिकेका कृषि उपज खरिद गरेर किसानलाई घाटाबाट जोगाउने काम पनि गरिरहेको खरेलले जानकारी दिए । उनले बिस्तारै नगरले आफैँ वा सहकारीमार्फत व्यावसायिक फर्महरू बनाएर कृषि मजदुर नियुक्त गर्ने र उत्पादन वृद्धि गर्ने तथा ठूलो प्लटमा काम गर्नेहरूलाई अनुदान सहयोगलगायतको कृषि योजना बनाएको बताए ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.