parwat hotel
Citizan

आलितालमा प्रहरीको सार्वजनिक सुनुवाई,व्यवसायीले दिए बजार क्षेत्रमा सिसि क्यामेरा राख्न सुझाब

bhageswar small
Chure

डडेल्धुरा: जिल्ला प्रहरी कार्यालय डडेल्धुराले आलिताल गाउंपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराको आयोजनामा नियमित शान्ति सुरक्षा तथा प्रहरी काम कार्बाहीका साथै समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कार्य सम्पादन गरिएका काम कार्वाहीको आज सार्वजनिक सुनुवाई गरेको हो ।
आलिताल गाउंपालिका अध्यक्ष शेर सिंह पार्कीको प्रमुख अतित्थ्यता र प्रहरी उपरिक्षक दिपक कुमार कार्कीको अध्यक्षयतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रहरीले आलिताल गाउंपालिकामा गरिरहेको कामकार्बाहिको जानकारी इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक गगन सिंह भांटले गराएका थिए ।

lali


भांटका अनुसार पछिल्लो समयमा बिभिन्न लागु औषध, तथा आत्म हत्या जस्ता घटनाहरुलाई न्युनिकरण गर्न बिभिन्न विद्यालय तथा समुदायमा जनचेतनामुलक कार्यक्रम गरिरहेको बताए । उनले भने समाजमा घटिरहेका जघन्य अपराधलाई कमी गर्न पनि प्रहरी लागि परेको बताए । उनले नेपाल प्रहरीले गरिरहेको काम कावाहीहरुलाई अझै कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने सुझाब संकलन गर्न सार्बजनिक सुनुवाई कार्यक्रम गरिएको स्पष्ट पनि पारे ।
कार्यक्रममा बोल्दै आलिताल गाउंपालिका अध्यक्ष पार्कीले समाजमा अपराधको सुरुवात मानिसको सोचबाट सुरुहुने भएकोले पहिला सोच नै बदल्नु पर्ने बताए । उनले भने सविंधानले सबै जातजाती,धर्म लिंग र वर्गलाई अधिकार दिएको भएता पनि समाजमा तेसको पालना नहुदा घटना घट्ने गरेको बताए । आलितालमा अहिले प्रहरी सेवा चुस्त भएको दाबी गर्दै पार्कीले फोन गरेको पन्ध्र बिस मिनेटमा प्रहरी आईपु्ग्ने बताए । उनले भने सामाजमा एक शब्दले अपत्यरिलो घटना घटेको भन्दै सबै सचेत भएर बोल्न समेत सुझाए । उनले सामाजिक संजालमा जथाभावी लेख्नेलाई पनि कार्बाहिको दायरामा ल्याउन सुझाब दिए । उनले एक उदाहरण दिदै तिजको समयमा महिला दिदीबहिनीहरुसंग दर खाएको फोटोलाई अनायासै भाइरल बनाएको प्रति आपत्ति समेत जनाए ।

glam &
Citizan


उनले भने महिलाहरुको बर्ष दिनको तिज कार्यक्रममा निम्ता गरेकाले आफु उपस्थित भएको बताए । तर सामाजिक संजालमा पालिकाले भोजभतेर गर्यो भनेर अनायासै प्रचार गरेर दुःख दिएको सुनाए । उनले प्रहरीलाई लक्षित गर्दै यस्ता भ्रम फैलाउने कार्य पनि अपराध भित्र पर्ने भएकाले यसको नियन्त्रण गर्न कानुन ल्याउनु पर्ने बताए । उनले अहिले पनि समाजमा जातजातीमा भेदभाव र देवि देवतामा अति बिश्वास गर्ने समुदाय भएकोले पनि समाजमा घटना घटिरहेको सुनाए । कार्यक्रममा उपस्थित नागरिकले आलितालको गोदाम बजारमा सिसि क्यामेरा राख्न सुझाब दिएका थिए । सुझाबको उत्तर दिदै प्रहरी उपरिक्षक दिपक कुमार कार्कीले सिसि क्यामेरा बजारमा अति आबश्यक भएता पनि बजेटको अभावका कारण राख्न नसकिएको बताए । नागरिकले प्रहरी सेवालाई छिटो छरिटो गर्न थप जनशक्ति राख्न सुझाव समेत दिएका थिए ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.