डडेल्धुराः डडेल्धुरा जिल्लाको आलिताल गाउंपालिकाले कर्मचारीलाई व्यर्थमा छुट्टी नबस्न निर्देशन दिएका छन् । पालिकाले कार्यालयको अनुमति नलिई बिदा नबस्न निर्देशन दिएको हो ।
आलिताल गाउँपालिकाले एक सूचना जारी गर्दै अनुमती नलिई बिदामा बस्ने कर्मचारीको तलब कटौती गर्ने चेतावनी दिएको छ ।
अत्यावश्यक काम बाहेक अनुमति नलिई बिदा बसेमा तलब काट्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता बिरबहादुर बोहराले बताए।
गाउँपालिका र अन्तर्गतका शाखा तथा वडा कार्यालयमा कार्यरत कर्मचारीहरूले बिदामा बस्नुपरे अनिवार्य रुपमा बिदा स्वीकृत गर्नुपर्ने र बिदा स्वीकृत नै नगरी अनुमती बिना बसेको पाईए बिदा अवधिको निजले पाउने पारिश्रमिक अनुसार कटौती गरिने उनले बताए ।