

डडेल्धुरा । डडेल्धुराको अमरगढीमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन ।
बैतडीको दशरथ चन्द नगरपालिका वडा नं ३ का ३५ बर्षिय नरेश नाथ नगरपालिका वडा नं ८ मा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरिक्षक कुसुम नायकले बताए ।
नायकका अनुसार बुधबार बिहान ८ बजे प्रहरी घटनास्थलमा पुगेको र अहिले सोधपुछका लागि मृतक नाथकी श्रीमतीलाई नियन्त्रणमा लिईएको छ ।
नाथ लामो समय देखि श्रीमती संग डडेल्धुरा बस्दै आएका र उनकी श्रीमती मानसिक सन्तुलन ठिक नभएको सुन्नमा आएको स्थानीयले बताएका छन ।
मृतक नाथको शव डडेल्धुरा अस्पतालको शव ग्रहमा राखिए छ।घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
