परशुराममा पनि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा: डडेल्धुराको परशुराममा पनि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

१४ औं नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज(बिहिबार)बाट परशुराम रंगमैदानमा सुरु भएको हो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

प्रतियोगितामा परशुराम नगरपालिका भित्रका १६ सामुदायिक विद्यालयबीच विभिन्न खेलमा प्रतिस्पर्धा हुनेछ। जस मध्ये शिबशंकर मावि परशुराम ७ साँदनी प्रतियोगितामा सहभागि भएको छैन।

Dadeldhura Hospital

आज जोगबुढा स्थित परशुराम रंगमैदानमा सुदूरपश्चिम प्रदेशका पुर्व भौतिक पुर्वाधार मन्त्री पठान सिंह बोहराले प्रतियोगिताको उद्घाटन गरे। उनले खेलकुद खेलाडीहरुका लागि निकै महत्वपुर्ण रहेको बताए । यसले खेलाडीहरुको आत्मसम्मान र समाजिक सम्मान प्राप्त गर्ने बोहराले बताए ।

रनिङ शिल्ड प्रतियोगिता उद्घाटन समारोहको अध्यक्षता परशुराम नगरपालिकाका नगरप्रमुख भरत जोशीले गरेका थिए । उनले खेलमा हारजित भन्दा खेलाडीहरुलाई खेलमा सहभागि हुनुनै ठुलो कुरा रहेको बताउनु भयो । अहिलेको हारले आगामी दिनमा सिकेर जित्ने गरी आउन जोशीले आग्रह गरे ।

उद्घाटन समारोहमा बोल्दै परशुराम नगरपालिका नगर उपप्रमुख बिमला महताले खेलाडीहरुले आफुभित्र रहेको प्रतिभालाई खेल मार्फत प्रदर्शन गरेर कोही प्रथम भएर गएता पनि हार हुने विद्यार्थी भाईबहिनीहरुले केही न केही सिकेर जानेमा विश्वास रहेको बताउनु भयो ।

रनिङ शिल्ड आज बिहिबारबाट  पौष २१ गते सम्म चल्ने पालिकाले जनाएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.