
डडेल्धुरा : डडेल्धुरामा दुई वटा सरकारी मोटर साईकल एक आपसमा ठोक्किएर दुर्घटना भएको छ ।

जिल्लाको आलिताल गाउंपालिका वडा न. ८ को सुनखोला नजिक हिजो (शुक्रबार) दुई वटा सरकारी मोटरसाईकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।


आलिताल गाउंपालिका वडा न. ७ का वडा अध्यक्ष बिर बहादुर बोहराले चलाएको से १ ब ८४३ नम्बर को मोटरसाईकल र विपरित दिशा तर्फबाट आईरहेको नव दुर्गा गाउंपालिका वडा न. ३ का वडा अध्यक्ष भक्त बहादुर कठायतले चलाएको सु.प.प्र ०४००१ ब. ०२७७ नम्बरको मोटरसाईकल ठोक्किदा दुर्घटना भएको आलिताल प्रहरी चौकिका प्रमुख धन सिंह धामीले बताए ।
दुर्घटनामा आलिताल-७ का अध्यक्ष बोहराको हातको औला भांचिएको छ भने खुट्टामा गम्भिर चोट लागेको छ । बोहराको अहिले धनगढीको केजि हस्पिटलमा उपचार भईरहेको छ भने अर्का वडा अध्यक्ष कठायतलाई भने सामान्य चोट लागेको बताइएको छ । हिजो शुक्रबार बोहरा पालिकाबाट घर तर्फ जादै थिए भने कठायत काम बिशेषले परशुराम नगरपालिका जादै थिए ।
