parwat hotel
Citizan

परशुराममा सर्वाधिक धनराशिको खुला भलिबल प्रतियोगिताको मन्त्रीद्वारा भव्य उद्घाटन

bhageswar small
Chure

 

डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिका–४ कटालमा सर्वाधिक धनराशिको पुरुष र महिला खुला भलिबल प्रतियोगिताको उद्घाटन गरिएको छ।

भागेश्वर माध्यमिक विद्यालय कटालको ४९औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताको सोमबार एक कार्यक्रमका बीच  प्रमुख अथिति सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउँदले उद्घाटन गरे।

glam &
Citizan

विशिष्ट अथितिको रूपमा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री गीतादेवी माल, परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशी, उपप्रमुख विमलाकुमारी बोहरा महता, आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्की रहेका थिए।

lali

उद्घाटन कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति  प्रस्तुत गरेका थिए। कार्यक्रममा लोक डेउडा गायक रमेश मल्ल, सुधीर जैरू, डेउडा तथा हास्य कलाकार जेआर भट्ट, मोडेल डान्सर अनुष्का भण्डारी, पुष्पा बोहराले पनि प्रस्तुति राखेका थिए।

प्रतियोगितामा पुरुषका ८ र महिलाको ७ टिम सहभागी रहेको  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरसिंह माल ‘डायमण्ड’ले जानकारी दिए। उनका अनुसार भलिबलका खेलहरू भोलि मंगलबारदेखि सुरु हुनेछन्।

पुरुष खुला भलिबल प्रतियोगिताको विजेताले एक लाख ५१ हजार एक सय ११ रुयैयाँ प्राप्त गर्नेछ। उपविजेताले एक लाख एक हजार एक सय ११ र तेस्रो हुने टिमले ५० हजार एक सय ११ रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ। यसका साथै ट्रफी, मेडल र प्रमाणपत्रसमेत दिइनेछ।

खुला महिला भलिबलतर्फ प्रथम हुने टिमले ७५ हजार एक सय ११, द्वितीयले ५१ हजार एक सय ११ र तृतीय हुने टिमले २५ हजार एक सय ११ रुयैयाँ प्राप्त गर्ने अध्यक्ष मालले जानकारी दिए। यो जिल्लाकै सर्वाधिक धनराशिको भलिबल प्रतियोगिता हो।

यसअघि जिल्लाका कुनै पनि विद्यालयले एक लाख ५१ हजार वा सोभन्दा बढी पुरस्कार धनराशि भलिबल गरेका छैनन्। विभिन्न विधामा उत्कृष्टलाई पनि पुरस्कार दिइने आयोजकले जनाएको छ। वार्षिकोत्सव तथा अभिभावक दिवस उद्घाटनमा विद्यालयले  विभिन्न व्यक्तित्वहरूलाई सम्मान तथा अभिनन्दन गरेको थियो।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.