डडेल्धुरा जिल्लास्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोलि देखि

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुरा जिल्लास्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोलि (२६ गते) हुने भएको छ। प्रतियोगिता व्यवस्थापनरनिर्देशन समिति डडेल्धुराको  बैठकले यसवर्षको जिल्लास्तरीय रनिङ शिल्ड २६ गते देखि अमरगढी नगरपालिका–४ टुँडिखेलमा गर्ने निणर्य गरेको थियो।

जिल्ला खेलकुद समितिको सूचना अनुसार जिल्लाका सातवटै स्थानीय तहलाई खेलमा सहभागी हुन आग्रह गरेको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

कार्यालय प्रमुख भण्डारीका अनुसार प्रतियोगिताको माघ २६ गते( भोली )बिहान साढे ८ बजे उद्घाटन गरिने छ। खेलाडी पोषक र आ–आफनो स्थानीय तहको झण्डा हुनुपर्ने तथा सातवटै स्थानीय तहले खेलाडीहरूको फारम विद्यालय र पालिकाबाट प्रमाणित गरेर अनिवार्य समावेश गराउनुपर्ने उल्लेख छ।

रनिङ शिल्डको खेल तालिका र टाइसिट आज दिउँसो ४ बजे प्रकाशित गरिने आयोजक जिल्ला खेलकुद समितिले जनाएको छ। जिल्लास्तरीय प्रतियोगितामा छात्रछात्रा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँतेलगायतका खेलहरू खेलाइने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डम्बरबहादुर थापाले बताए। उनकाअनुसार जिल्लास्तरीय उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन पाउनेछन्।

१३औँ जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिताका अजयमेरु गाउँपालिका–३ मा रहेको चम्बेताल खेल मैदानमा खेलाइएको थियो। गतवर्ष परशुराम नगरपालिकाले जिल्लास्तरीय रनिङ शिल्डको उपाधि जितेको थियो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.