दार्चुलामा जिल्लास्तरीय १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन आज

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

दार्चुलाः दार्चुलामा जिल्लास्तरीय १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज (बिहीवार)देखि सुरु हुने भएको छ। महाकाली नगरपालिका वडा-४ शिवनगर खेलमैदानमा सुरु हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जिल्ला खेलकुद विकास समिति दार्चुलाले जनाएको छ।
“स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ जिल्ला खेलकुद विकास समिति दार्चुलाको आयोजनामा जिल्ला स्तरीय १४औं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आवश्यक सम्पुर्ण तयारी पुरा भएको खेलकुद विकास समितिका कार्यालय प्रमुख श्यामराज अवस्थीले जानकारी दिए।

१४औं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख महादेब बडू कश्यपले गर्ने कार्यतालिका रहेको छ। प्रतियोगिता संञ्चालनका लागि फिल्ड निर्माणदेखि मन्च निर्माण सम्मका आवश्यक कामहरु सम्पन्न भएको खेलकुद विकास समितिका अध्यक्ष मानसिह बुढाथोकीले जानकारी दिए।प्रतियोगितामा समितिले जिल्लाका नौ वटै स्थानीयतहबाट प्रतियोगितामा खेलाडीहरुको सहभागिता रहने जनाएको छ। प्रतियोगिता अन्तर्गत ६ बिधाका खेलहरु सञ्चालन हुने बताइएको छ। प्रतियोगिता आज विहान ११ बजेदेखि संञ्चालन हुने आयोजकले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.