लगातार दोस्रो पटक पनि जित्यो परशुरामले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा:डडेल्धुरा जिल्लास्तरीय १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि यो पटक पनि परशुराम नगरपालिकाले जितेको छ। परशुरामले लगातार दोस्रोपटक राष्ट्रपति रनिङ शिल्ड उचालेको हो। उसले गतवर्ष पनि उपाधि जितेको थियो।

अमरगढी नगरपालिका–४ टुँडिखेलमा आइतबार सम्पन्न प्रतियोगितामा सर्वाधिक २० स्वर्ण, १२ रजत र ७ कास्यसहित परशुरामले शिल्ड उचालेको हो। समापन कार्यक्रमका प्रमुख अतिथि अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशीले परशुरामलाई शिल्ड हस्तान्तरण गरे।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

प्रतियोगितामा अमरगढी नगरपालिका द्वितीय भएको छ। अमरगढीले १९ स्वर्ण, ७ रजत र १७ कास्य प्राप्त गर्‍यो। अजयमेरु गाउँपालिकाले तृतीय स्थान हासिल गरेको छ।

Dadeldhura Hospital

अजयमेरुले ८ स्वर्ण, १७ रजत र ११ कास्य जितेको आयोजक जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख डम्मरबहादुर भण्डारीले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा आलिताल गाउँपालिकाले ५ स्वर्ण, १२ रजत र १३ कास्य जितेको छ।

यस्तै, भागेश्वर गाउँपालिकाले १ स्वर्ण, २ रजत र १ कास्य, नवदुर्गा गाउँपालिकाले १ स्वर्ण, १ रजत र ७ कास्य हात पारेको छ। प्रतियोगितामा गन्यापधुरा गाउँपालिकाले भने एउटा पनि स्वर्ण पदक जित्न सकेन । उसले २ रजत र ५ कास्यमा चित्त बुझाएको छ।

प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। प्रतियोगितामा छात्र–छात्रा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँते, उसुलगायतका खेल खेलाइएको थियो। प्रतियोगितामा जिल्लाका सातवटै स्थानीय तहको सहभागिता रहेको थियो।

जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन पाउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डम्बरबहादुर थापाले बताए।

उनका अनुसार प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट भएका खेलाडीहरूको नामावली केही दिनमा सार्वजनिक गरिनेछ। जिल्ला खेलकुद समितिको आयोजना र अमरगढी नगरपालिकाको आतिथ्यतामा शुक्रबारदेखि सुरु भएको प्रतियोगिता आइतबार सकिएको हो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.