एमाले अध्यक्ष ओलीद्वारा कैलाली जिल्ला अधिवेशनको उद्घाटन

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन आज(आइतबार)एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

Dadeldhura Hospital

उद्घाटन समारोहमा बोल्दै पार्टी अध्यक्ष ओलीले लोकतान्त्रिक र मर्यादित ढङ्गले नेतृत्व चयन गर्न निर्देशन दिएका छन्। अबको नेतृत्वले आगामी ८४ को निर्वाचनसम्म नेकपा एमालेलाई कैलालीमा पहिलो पार्टी बनाउने गरी काम गर्नुपर्ने उनको सुझाव छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

अध्यक्ष पदका लागि यज्ञराज ढुङ्गाना, दुर्गा जोशी र डेजी पाण्डे गरी तीन जनाले दाबी गरेका छन्। ढुङ्गाना पूर्व प्रदेश कमिटी सचिवालय सदस्य हुन् भने जोशी कैलालीको कार्यवाहक अध्यक्ष र पाण्डे सचिव हुन्। उपाध्यक्षमा लोकेन्द्र शाही, मनराज शाही, नृप खडायत, मदनराज ओझा, शर्मानन्द भट्ट, गजेन्द्र स्वार, दलबहादुर रावल र प्रेम डगौरा गरी ८ जनाले दाबी गरेका छन्।

सचिवमा हितेस ओझा, ममताप्रसाद चौधरी, विष्णु चन्द, कमलबहादुर राना, चूडामणि भट्ट, आनन्दप्रसाद भट्ट, शम्भु कुँवर, वीरेन्द्रबहादुर रावल, द्वारिका न्यौपाने, विष्णुबहादुर चौधरी, बक्तबहादुर शाही र भीष्मराज सुवेदी गरी सचिवमा १२ जना आकांक्षी छन्। त्यस्तै २ पदको उपसचिवमा ३० जनाले दाबी गरेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.