

फागुन ९, अछाममा जिप दुर्घटना हुदा १५ जना घाईते भएका छन् भने घाईते मध्ये दुईको अवस्था गम्भिर रहेको छ ।
चौरपाटी गाउँपालिका वडा नं.५ लुंग्रा स्थित आमरुख नजिक जिप दुर्घटना भएको छ दुर्घटनामा परि १५ जना घाईते भएका छन् । से १ झ ४२९ नम्वरको जीप आज विहान साढे ८ वजेट जिप दुर्घटुनामा तीन जनाको अवस्था गम्भिर रहेको सिउडी प्रहरी चौकीका असई पदम खड्काले जानकारी दिनुभएको छ । दुर्घट्ना घाईते सवैलाई उपचारको लागि वयलपाटा अस्पताल लगिएको उहाँको भनाई रहेको छ । लुग्राबाट साँफे आउने क्रममा जिप दुर्घटना भएको हो । जिपमा त्रिपुरा सुन्दरी माविका अध्ययन विद्यार्थी र केही सर्वसाधरण रहेको वुझिएको छ । घट्नाको थप विवरण आउने वाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।
