new year2082 desk
Citizan

भाँसु भिरमा बम विस्फोट,चार जना घाईते

bhageswar small
alital janahit

धनगढीः भीमदत्त राजमार्ग अन्तर्गत पर्ने चुरे गाउँपालिका ३ भासुभीर नजिकै बाटो खन्ने क्रममा बुधवार साँझ तिर द्धन्दकालीन समयामा राखिएको विद्युतीय धराप(एम्बुस) बिष्फोट हुदा चार जना घाईते भएका छन्।

lali

सडक चौडा तथा मर्मत गरिरहेको जेसिबीले सडक खन्ने क्रममा अचानक एम्बुस बिष्फोट हुदा चालक सहित चार जना घाईते भएका छन्। घाइते हुनेमा जेसिबी चालक कैलालीका ४५ वर्षीय वसन्त खडायत, सुर्खेतका २२ वर्षीय हिरा थापा र कञ्चनपुरका नवीन देव अवस्थी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए।

glam &
Citizan

घाईते चार जना मध्ये जेसीवी चालक डडेल्धुराको आलिताल गाँउपालिका ८ का २४ वर्षीय विकास थापाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। थापाको सहजपुरस्थित स्वास्थ्य चौकीमा उपचार गरिएको छ। अन्य तीन जना घाईतेको धनगढीको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.