सुदूरपश्चिमसहित यी तीन विश्वविद्यालय उपकुलपति विहीन

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौं : सुदूरपश्चिम विश्वविद्यालय उपकुलपति विहीन बनेको छ।

विश्वविद्यालयको उपकुलपतिको कार्यकाल सकिएपछि उपकुलपतिविहीन बनेका हो। सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.अम्मराज जोशीको कार्यकाल सकिएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई १९ फागुन २०७६ मा नियुक्त गरेका थिए। कार्यकाल सकिएसँगै उनी घर फर्किएका हुन्। कार्यविधिमाथि नै प्रश्न उठेपछि छनोट सुदूरपश्चिममा छनोट प्रक्रिया रोकिएको छ।

Dadeldhura Hospital

कार्यविधिको मापदण्डमा प्राध्यापकहरूले विरोध जनाएपछि छनोट प्रक्रिया रोकिएको हो।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको संयोजकत्वमा मध्य र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति सिफारिसको लागि समिति बनेको छ। उक्त समितिले कार्यविधिमा आवश्यक संशोधन कार्य गरिरहेको छ।

कार्यविधिमा आवश्यक संशोधन गरेर त्यसपछि दरखास्त आवेदन आह्वान गरिने समितिले जनाएको छ।

यस्तै, पूर्वाञ्चल विश्वविद्यालय, र मध्यपश्चिम विश्वविद्यालय पनि उपकुलपति विहीन बनेका छन्। पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइराला, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहको कार्यकाल सकिएको हो।

सरकारले खुला प्रतिस्पर्धाबाट विश्वविद्यालयको उपकुलपति नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ। सिफारिस समितिले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.