एमाले बैतडीको अध्यक्षमा नरेश विक चयन

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बैतडीः नेकपा एमाले बैतडीको अध्यक्षमा नरेश विक चयन भएका छन्।

उनी नवौँ अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्। सोमबारदेखि सुरु भएको अधिवेशनले विकसहितका पदाधिकारीलाई सर्वसम्मत चयन गरेको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

पार्टीको उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा हजारी साउद, उप–सचिवमा हर्क धानुक र पार्वती भट्ट सर्वसम्मत चयन भएका छन्। पाँच पदाधिकारीसहित ९० जनाको जिल्ला कमिटीले शपथ ग्रहण गरेको छ ।

Dadeldhura Hospital

पदाधिकारीको टिम सर्वसम्मत चयन भए पनि सदस्यमा बढी आकाङ्क्षी घोषणा गर्ने केही समय लागेको एमाले बैतडीले जनाएको छ ।अध्यक्षमा निर्वाचित भएसंगै पाटन नगरपालिका ५ ओदाली घर भएका ४९ बर्षीय विकले दलित समुदायबाट एमाले बैतडीको नेतृत्व हाँक्ने पहिलो व्यक्तिको रुपमा समेत पहिचान बनाएका छन् ।

२०५३ सालमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको जिल्ला अध्यक्ष भइसकेका विक एमालेको जिल्लाको कमिटि सदस्यका साथै अञ्चल कमिटि सदस्यको जिम्मेवारी समेत सम्हालीसकेका छन् । उनले तत्कालिन निर्वाचन क्षेत्र नं १ को क्षेत्रीय कमिटिको अध्यक्षको रुपमा समेत काम गरिसकेका छन् ।

एमालेको जनवर्गीय संगठन मुक्ति समाज नेपालको केन्द्रीय सचिव समेत रहेका विक केपी ओली प्रधानमन्त्री भएको बेला राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीको अध्यक्ष समेत बनेका थिए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेकातर्फबाट पाटन नगरपालिकामा नगर प्रमुख उम्मेदवार बनेका विक त्यो बेला पराजित भएका थिए ।

निरन्तर एमालेको राजनीतिमा रहेका विकले पार्टीलाई आफ्नो कार्यकालमा अझै बलियो बनाउने दाबी गरेका छन् ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.