parwat hotel
Citizan

सुदूरपश्चिममा कांग्रेस नेतृत्वकै सरकारलाई समर्थन गर्ने नागरिक उन्मुक्तिको निर्णय

Chure

कैलाली । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले कांग्रेस नेतृत्वको सरकारलाई नै सहयोग गर्ने भएको छ । आइतबार संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेशमा हालकै गठबन्धन अनुसार कांग्रेसलाई सघाउने निर्णय गरेको हो ।

अहिलेकै सरकारलाई सघाउने निर्णय गरेको संसदीय दलका नेता तथा आर्थिक मामिलामन्त्री घनश्याम चौधरीले बताए । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिका ७ सांसद छन् । ती मध्ये पाँच मन्त्री छन् । उनीहरुले मुख्यमन्त्री कमलबहादुर शाहलाई नै विश्वासको मत दिने निर्णय गरेका हुन् ।

glam &
Citizan
alitalnewyear2081
lali

आजको बैठकमा कैलाश चौधरी र टिका थापा उपस्थित थिएनन् । संसदीय दलका नेता चौधरीका अनुसार उनीहरु दुबैलाई पनि सरकारमा ल्याउने गरि छलफल भइरहेको छ ।

सुदूरपश्चिम प्रदेशमा माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा छ । अहिले नागरिक उन्मुक्तिले विश्वासको मत दिने निर्णय गरेसँगै कांग्रेस नेतृत्वको सरकारलाई सहज भएको छ । तर, नाउपाका सबै सांसदले विश्वासको मत दिँदा पनि स्वतन्त्र र राप्रपा सांसद सुदूरपश्चिममा निर्णायक हुन्छन् ।

सुदूरपश्चिम सरकारको विषयलाई लिएर केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले भने यसअघि नै पार्टीको सल्लाहविना मन्त्री भएको भन्दै उनीहरूलाई फिर्ता हुन निर्देशन दिइसकेकी छन् । यता संसदीय दलका नेता चौधरीले भने पार्टी सबै कुरामा केन्द्रबाट मात्रै नभई प्रदेशमा पनि स्वायत्त अभ्यासमा जाने बताएका छन् । उक्त पार्टीले केन्द्रमा नयाँ सत्ता गठबन्धनलाई विश्वासको मत दिएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.