new year2082 desk
Citizan

परशुरामलाई हराउदै आलितालले जित्यो कैलाली प्रिमियर लिगको उपाधि

bhageswar small
alital janahit

डडेल्धुरा : धनगढीमा सम्पन्न दोस्रो संस्करणको कैलाली प्रिमियर लिग अन्तरपालिका टि-२० क्रिकेट प्रतियोगिताको उपाधि डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको छ ।
आज सम्पन्न फाइनल खेलमा परशुराम नगरपालिकाले दिएको १ सय आठ रनको लक्ष्य पछ्याउदै आलितालले उपाधि जितेको हो ।
जितका लागि पाएको १०८ रनको लक्ष्यलार्ई आलितालले १८।१ ओभरमा ९ विकेटको क्षतिमा पूरा गरेको थियो ।
हिजो सम्पन्न पहिलो सेमिफाइनल खेलमा डोटीको शिखर नगरपालिकालाई ६ विकेटले स्तब्ध पार्दै आलिताल फाइनलमा प्रवेश गरेको थियो भने अर्को सेमिफाइनल खेलमा कञ्चनपुरको पुनर्वास नगरपालिकामाथि ६६ रनको जित निकाल्दै परशुराम फाइनल खेलमा प्रबेश गरेको थियो ।

lali

कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा चैत ५ गतेदेखि शुरू भएको प्रतियोगितामा सुदूरपश्चिमका ११ पालिकाहरूको सहभागीता रहेको थियोे ।

glam &
Citizan

उपाधि विजेता आलितालले २ लाख र उपविजेता परशुरामले १ लाख पुरूस्कार पाउने कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले बताउनुभयो । यो प्रतियोगिताले क्रिकेटको विकास र खेलाडी उत्पादनमा सहयोग पुग्ने आयोजक कैलाली जिल्ला क्रिकेट संघको विश्वास छ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.