नयाँ भवनबाट सुरु भयो डडेल्धुरा अस्पतालको ओपीडी सेवा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा :डडेल्धुरा अस्पतालले बहिरङ्ग सेवा अर्थात् ओपीडी सेवा नयाँ भवनबाट सुरु गरिएको छ।

भवनको निर्माणको काम ९९ प्रतिशतभन्दा बढी सकिएपछि आजदेखि सोही भवनबाट बहिरङ्ग सेवा सञ्चालन गरिएको अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले जानकारी दिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

Dadeldhura Hospital

३३ करोडको लागतमा ०७८ पुस ९ गते काम सम्पन्न गर्ने गरी ०७५ पुस ९ गते ठेक्का सम्झौता भएको थियो ।

निर्माणको ठेक्का केएस कन्ट्रक्सनले पाएको थियो । नयाँ भवनबाट सबै सेवा सुचारु गरेर डडेल्धुरा अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गर्ने योजना छ ।

अस्पतालमै जर्मन सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेका चिकित्सक तथा नर्सको क्वाटर र प्रसुती गृह पनि निर्माण गरिसक्नु पर्ने मितिमा निर्माण सम्पन्न हुन सकेका छैन ।

३३ करोड ८५ लाख ४८ हजार रुपैयाँ बराबरमा तीन वटा भवन निर्माण गर्न बिकोई बिल्डर्स प्रालिसंग २१ अगस्त २०२० मा ठेक्का सम्झौत भएको थियो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.