डडेल्धुराको आलितालमा खुला पुरुष भलिवल प्रतियोगिता हुने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउंपालिकामा खुला पुरुष भलिवल प्रतियोगिता हुने भएको छ ।
आलिताल ८ गोदाम बजारमा रहेको गोदाम ब्रदर्श युवा क्लबको आयोजनामा खुला पुरुष भलिवल प्रतियोगिता हुने भएको हो ।
क्लबका अध्यक्ष नबिन जोशीका अनुसार सामाजिक एकता ,सद्भाव तथा सकारात्मक सोच अभिवृद्धिका लागि नव वर्ष २०८१ को पावन अवसरमा मैत्री पूर्ण आलिताल गाउँपालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको बताए ।
यहि चैत्र २७ र २८ गते आलिताल खेल मैदानमा हुने पुरुष खुला भलिबल प्रतियोगिताका लागी गोदाम बजार व्यवसायी तथा अन्य सरोकारवालाहरुको आर्थिक सहयोगमा संचालन हुने समेत जोशीले बताए ।


प्रतियोगितामा प्रथम पुरस्कार रु ४४ हजार, द्धितीय पुरस्कार ३३ हजार र तृतीय पुरस्कार २२ हजार राखिएको छ । उक्त पुरस्कार राशिमा भ्याट नलाग्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता संचालनको संयोजन गरिरहेका इन्द्र साउदका अनुसार हाल सम्म करिब १ लाख बढी रकम सहयोग प्राप्त भईसकेको बताए । प्रतियोगितामा सहभागी आलिताल गाउंपालिका भित्र रहेका वडा,संंघसंस्था,व्यवसायीहरुले सहभागी हुन पाउनेछन् ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.