भारतको नैनितालमा गाडी दुर्घटना हुँदा सात नेपालीको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः भारतको नैनितालमा गाडी दुर्घटना हुँदा सात नेपालीको मृत्यु भएको छ। नैनिताल जिल्लामा भएको दुर्घटनामा सात नेपालीसहित ८ जनाको मृत्यु भएको हो।
मृतक नेपालीहरू ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धिरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल बस्नेत छन्।
सोमवार राति नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट १५० मिटर तल खसेको भारतीय सञ्चार माध्यामहरुले बताएका छन्। स्टेट डिजास्टर रेस्पोन्स टिम (एसडिआरएफ)को टोली घटनास्थलमा पुगेर उद्धारका लागि खटिएको थियो।

Dadeldhura Hospital

उक्त टोली र स्थानीयले मिलेर घटनास्थलबाट ८ जनाको शव निकालेको थियो। मृतक सात जना महेन्द्रनगरका रहेको बताइएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

दुर्घटनामा ज्यान गुमाएका चालक राजेन्द्र कुमार भने सोही बेतालघाटका स्थानीय हुन्। उनीहरू जल जीवन मिसन प्रोजेक्टमा काम गर्थे।

काम सकेपछि उनीहरूले एउटा गाडी भाडामा लिएर टनकपुरस्थित चम्पावाट जाँदै थिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.