मुख्यमन्त्रीमा लक्ष्मण किशोरलाई गरेको समर्थन एकीकृत समाजवादीबाट फिर्ता

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः सुदूरपश्चिममा मुख्यमन्त्रीमा लक्ष्मणकिशोर चौधरीलाई गरेको समर्थन एकीकृत समाजवादी पार्टीले फिर्ता लिएको छ।

Dadeldhura Hospital

सत्ता गठबन्धनका चार दलहरुबिच समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति भएपछि समाजवादीले लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको हो। सत्ता गठबन्धनबिच सुदूरपश्चिममा समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएपछि समाजवादीले समर्थन फिर्ता लिएके हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

समाजवादीका नेता दीर्घ सोडारी आफै प्रदेश प्रमुखको कार्यालयमा पुगेर समर्थन फिर्ता लिएका हुन्। बैशाख २ गते नेपाली काँग्रेस, समाजवादी र राप्रपाको समर्थनमा नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। काँग्रेसका १८, समाजवादीका ४, राप्रपा १ र आफ्ना ७ जना गरी उनले २९ जनाको समर्थन रहेको दाबी पेस गरेका थिए।समाजवादीले लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता लिने भएपछि अब लक्ष्मणकिशोरसँग २५ जना प्रदेश सभा सदस्य बाँकी रहन्छन्। तर उनकै पार्टीका ७ जनामध्ये २ जना उनलाई समर्थन नगर्ने पक्षमा छन्। बैठकमा समाजवादीले समर्थन फिर्ता लिने निर्णय भएपछि कुनै पनि दाबीकर्ताको स्पष्ट बहुमत नभएकाले प्रदेश प्रमुखले मुख्यमन्त्री दाबीका लागि थप समय दिनसक्छन्।

बैशाख २ गते नागरिक उन्मुक्तिकै कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा १ जनाको निधन भएपछि अहिले ५२ प्रदेश सभा सदस्य छन्। सरकार बनाउन २७ सांसदको आवश्यकता पर्छ। समाजवादीसँग अब माओवादीका ११, एमालेका १०, आफ्ना ४, एक जना स्वतन्त्र र २ जना नागरिक उन्मुक्तिका भए पनि सरकार बनाउने सम्भावना बलियो बनेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.