६ बर्ष पछि खुल्दै बझाङसंग जोडिएको ताक्लाकोट नाका

sc mahendra

रमेश बहादुर सिंह बझाङ।
लामो समयदेखि बन्द रहेको बझाङको साइपाल गाउँपालिकासंग जोडिएको ताक्लाकोट नाका खुल्ने भएको छ।
कोरोना संक्रमणको अवस्थामा वन्द रहेको बझाङ र चिन जोड्ने ताक्लाकोट नाका खुल्ने भएको हो । नाका बन्द भएको ६ वर्ष पछि साईपाल गाउँपालिकाको प्रयास , बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलको सहयोग, परराष्ट्र मन्त्रालय ,सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पहलबाट उक्त नाका खोल्न सफल भएको साइपाल गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष तामाङ चिन भ्रमण जादा चाइना दूतावाससँग समेत उहाँले नाका खुलाइ दिन पहल गरेपछि चाइना दूतावासले समेत सकारात्मक सँकेत देखाएको थियो । यो नाका खुलाउन स्थानीयको पनि उत्तिकै हात रहेको छ ।
यो नाका बन्द हुदा लामो समय देखि चिनमा व्यापार गरीरहेका नेपालीहरुला समस्या परेको भन्दे स्थानीय जगत बहादर तामाङले पनि प्रमुख जिल्ला अधिकारी र चिनको तर्फबाट काउन्टे प्रमुख सँग समन्वय र सहकार्य गर्नुभएको थियो । नाका खुल्ने भए सँगै जिल्ला प्रशासन कार्यालय बझाङले अनुमति पत्र जारी गर्ने तयारी गरेको छ । उक्त नाका प्रवेश गर्न चाहने व्यक्तिहरूले आफ्नो वडा वा पालिकाबाट सिफारिस ल्याउनु पर्ने गाउँपालिका उपाध्यक्ष तामाङले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले भन्नुभयो ‘मन्त्रालयबाट अनुमति पत्र जारी गर्नका लागि सकारात्मक संकेत दिएपछि हामीले अनुमति पत्र छपाइको लागि पठाइसकेका छौँ केही दिन भित्र सीमा प्रवेश अनुमति पत्र वितरण गर्न सुरु गरिने छ उहाँले भन्नुभयो । कोरोना संक्रमणको कारण देखाउँदै २०७६ साल देखि चीनले ताक्लाकोट नाका बन्द गरेको थियो ।
कोरोना सङ्क्रमण सुरु भएपछि केरुङ र तातोपानी नाका खुले पनि ताक्लाकोट नाका खुलाउन केही समय बढी लागेको हो । कोरोना सङ्क्रमणको कारण देखाउँदै बन्द रहेको नाका खुलेपछि ताक्लाकोटमा विभिन्न व्यवसाय गर्दै आएका बझाङ, हुम्ला, डोल्पा, दार्चुला र मुगुका नेपाली व्यवसायीको आयस्रोतको बाटो खुलेको छ  । उक्त ठाउँमा मह, घिउ, छुर्पी, खुर्सानी, टिमुर र अन्य जडीबुटी लगायत नेपालमा उत्पादित कृषिजन्य दैनिक उपभोग्य सामानको व्यापार पनि हुने गरेको थियो । ताक्लाकोट तिब्बतको विकट हिमाली क्षेत्रमा पर्ने सहर हो । हिन्दु, बौद्ध र बोन्बो धर्मावलम्बीको प्रसिद्ध तीर्थस्थल कैलास मानसरोवर नजिक पर्ने भएकाले चीन सरकारले यस क्षेत्रको विकासमा उल्लेख्य लगानी गरिरहेको छ । भारत, नेपाल र चीनको त्रिदेशीय भूभागसँग जोडिएको छ । यो क्षेत्रलाई पछिल्लो समय त्रिदेशीय व्यापारिक हबका रूपमा विकास गर्न पनि चीन सरकारले यहाँ अत्याधुनिक संरचना निर्माणमा ठूलो लगानी गर्न थालेसँगै ताक्लाकोट सँग सीमा जोडिएका नेपालीको रोजगारीको आकर्षक गन्तव्यका रूपमा विकास हुन थालेको थियो । अर्धदक्ष र अदक्ष कामदारका रूपमा बर्सेनि तीन हजारको हाराहारीमा सीमावर्ती जिल्लाका मानिस यहाँ मौसमी रोजगारीका लागि जाने गरेको त्यहाँका स्थानीयले बताएका छन् ।नाका वन्द भएपछि साइपाल गाउँपालिका लगायत बझाङ जिल्लाका बिभिन्न पालिकाबाट रोजगार गर्ने जाने मानिसलाई निकै समस्या भएको थियो। यो नाका खुल्या भएपछि रोजगारीको अवसर मिल्ने स्थानियहरु बताउँछन्।

You might also like
Leave A Reply

Your email address will not be published.