अत्तरियामा प्रदेश स्तरिय खुल्ला लोक गायन प्रतियोगिता हुदै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

कैलालीको अत्तरियामा १ दिवसीय खुल्ला लोक गायन प्रतियोगिता हुने भएको छ।

“सुदूरपश्चिम प्रदेश स्तरिय लोक गायन प्रतियोगिता २०८१” को आयोजक सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान रहेको छ भने उक्त प्रतियोगितामा रविन कला केन्द्र सह आयोजक रहेकोछ ।

व्यक्तिगत प्रतिभालाई अगाडी बढाउनुको साथै हाम्रो कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो। गायन प्रतियोगिता यही जेष्ठ महिनाको १९ गते हुने रविन कला केन्द्रका संस्थापक अध्यक्ष श्री राम बहादुर रावलले जानकारी दिनुभयो।

प्रतियोगितामा प्रथम,द्बितिय र तृतिय गरी क्रमशः १५०००,१०००० र ७००० रहेको र सान्वना पुरुस्कार जनहि ३००० पुरस्कार रहेको आयोजकले बताएको छ । पछिल्लो समय हाम्रो कला संस्कृति हराउँदै गएको बेला यसलाई जोगाई राख्न यसता किसिमका कार्यक्रमले निकै महत्वपुर्ण रहेको रविन कला केन्द्रका संस्थापक अध्यक्ष श्री राम बहादुर रावल बताए ।

रविन कला केन्द्रले वि.सं. २०५८ साल देखि कला तथा संस्कृति जोगाउन यस्ता कार्यक्रम गर्दै आएको र अझै पनि यस्ता कार्यमा सधैँ अगाडि बढ्ने केन्द्रका संस्थापक अध्यक्ष श्री राम बहादुर रावल बताए ।

उक्त्त प्रतियोगितामा बरिष्ठ कलाकारहरुको उपस्थिति तथा प्रस्तुति र केहि कलाकारहरुको सम्मान रहने पनि आयोजकले जानकारी दिएको छ । यस प्रतियोगितामा निर्णयकको भुमिकामा नरेन्द्र राज रेग्मी, लाल बहादुर धामी(अछामी बड्डो),सुरत रावत (डोटेलि कान्छा) रहनेछन् ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.