डडेल्धुराको आलिताल गाउँपालिकाले थप्यो दुई वटा एम्वुलेन्स

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकाले दुई वटा नयां एम्बुलेन्स खरिद गरेको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०८० /८१ को बजेटमा २ थान ‘ ख ‘ वर्गको एम्बुलेन्स खरिद गरिएको पालिका अध्यक्ष शेरसिंह पार्कीले बताए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

बिरामी तथा गर्भवतीलाई प्रसूति गराउन अस्पताल सम्म पुग्न सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स खरिद गरिएको गाउँपालिका अध्यक्ष पार्कीले बताए। उनका अनुसार पालिकाभित्रका कुनैपनि नागरिक एम्बुलेन्सको अभावमा उपचारबाट वञ्चित हुन नपरोस् र सबै गाउँपालिकावासीलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सकियोस् भनेर एम्बुलेन्स खरिद गरिएको समेत बताए।

Dadeldhura Hospital
 पालिकाले खरिद गरेको नयां एम्बुलेन्स
     पालिकाले खरिद गरेको नयां एम्बुलेन्स

पालिकाले असोज ५ गते  सूचना निकाल्दै एम्बुलेन्स उत्पादन गर्ने कम्पनि वा आधिकारिक बिक्रेताको सूचि तयार गर्ने प्रयोजनका लागि सार्बजनिक खरिद ऐन २०६३ को दफा ८ को (क,८) र सार्बजनिक खरिद निमावली २०६४ को नियम १८ बमोजिम सुचि दर्ता गर्न फर्महरुलाई सात दिने सूचना लगाइएको थियो ।

पालिकामा अहिले दुई वटा एम्बुलेन्स संचालनमा छ  । यो दुई वटा थप भए संगै पालिकामा अब ४ वटा एम्बुलेन्सले सेवा दिने छ ।

अध्यक्ष पार्कीले निर्वाचित हुदै गर्दा एक वडा एक एम्बुलेन्सको व्यवस्था गर्ने बताएका थिए । चुनाबी घोषणा पत्रमै उल्लेख गरेर चुनाव जितेका अध्यक्ष पार्कीले पछिल्लो समय भएको एम्बुलेन्स पनि संचालन गर्न नसकेको भन्दै चर्को आलोचना खेप्दै आएका थिए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.