करेन्ट लागेर डडेल्धुरा घर भएका सेनाका लेसनायक दियालको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुरा घर भएका नेपाली सेनाका लेसनायकको मकवानपुरमा करेन्ट लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा डडेल्धुराको गन्याधुरा गाउँपालिका–१ घर भएका लेसनायक २९ वर्षीय पदमबहादुर दियाल रहेका छन्।

Dadeldhura Hospital

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भीमफेदी–८, दोभानमा फास्टट्र्याकको बेस क्याम्पमा सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाइटेन्सन तारमा पाइप छुँदा करेन्ट लागेर बिहीबार उनको निधन भएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उनलाई तत्काल सेनाको हेलिकप्टरमार्फत उपचारका लागि आर्मी अस्पताल छाउनी लगिएको थियो। यस्तै, अन्य २ जना घाइते भएका छन्। घाइते हुनेमा डडेल्धुराकै अमरगढी नगरपालिका– २ घर भएका २९ वर्षीय लेसनायक विनोद केसी र पाल्पाको रामपुर नगरपालिका–६ घर भएका सिपाही २१ वर्षीय युवराज कुमाल रहेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.