अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कुशल भूर्तेल डडेल्धुराको प्रतिनिधित्व गर्दै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा :नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भूर्तेलले डडेल्धुराको फेन्ड्स क्लबबाट अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने भएका छन्। प्रतियोगिता माघ १९ गतेदेखि २८ गतेसम्म धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आयोजना हुने छ।

प्रतियोगिताका सबै खेल हेर्न दर्शकले खल्ती एपमार्फत टिकट काट्न सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुराले कुशल भूर्तेललाई मैदानमा उतार्दै आफ्नो पहिलो खेलमा धनगढीविरुद्ध प्रतिस्पर्धा गर्नेछ। त्यसपछि, माघ २१ गते वोस्टन क्रिकेट झापासँग र माघ २४ गते घोडाघोडी–११ सुख्खडसँग खेल्ने तालिका रहेको छ।

कुशल भूर्तेललाई टोलीका प्रमुख तथा गेम चेन्जर खेलाडीका रूपमा लिइएको छ। प्रतियोगिताका लिग चरणका सबै खेलमा उनी डडेल्धुराका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

गो ड्रिमर्सको आयोजनामा यो प्रतियोगिता यस वर्षदेखि नेपाल क्रिकेट संघको वार्षिक क्यालेन्डरमा समावेश गरिएको छ। प्रतियोगिताका सबै खेल फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.