दुई प्रदेश प्रमुख एकैसाथ डडेल्धुराकोआलिताल आउँदै, पर्यटकीय स्थल अवलोकनको तयारी

sc mahendra

डडेल्धुरा – सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ र गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट आज (बुधबार) डडेल्धुराको  आलिताल आउन लागेका छन्। आलिताल गाउँपालिकाले उनीहरूको स्वागतका लागि विशेष कार्यक्रम तय गरेको छ।

गण्डकी प्रदेश प्रमुख भट्टको पारिवारिक भेटघाटको कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ। सोही कार्यक्रमसँगै सुदूरपश्चिम प्रदेश प्रमुख मियाँ पनि संगै सहभागी हुने बताइएको छ।

प्रदेश प्रमुखद्वयले विशेष रूपमा आलितालको पर्यटकीय स्थलहरूको अवलोकन गर्ने कार्यक्रम रहेको छ। आलिताल-४ स्थित घरेलु क्षेत्रमा अनौपचारिक भेटघाट कार्यक्रमसमेत तय भएको छ।

आलितालको पर्यटन प्रवर्द्धनका लागि प्रदेश प्रमुखहरूको आगमन महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.