सुदूरपश्चिम सम्भावनाको प्रदेश: प्रधानमन्त्री ओली

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमलाई सम्भावनाको प्रदेश भएको बताएका छन्। सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा सहभागी हुन र प्रदेश सभालाई सम्बोधन गर्न पुगेका ओलीले उक्त धारणा राखेका हुन्।

ओलीले बैतडीको झुलाघाटबाट समृद्धिका लागि संकल्प यात्रा सुरु गर्दै सुदूरपश्चिमलाई प्राथमिकतामा राखेको सन्देश दिएका थिए। दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले प्रदेशलाई सुन्दर मात्र नभई समृद्ध बन्न सक्ने सम्भावनाको क्षेत्रको रूपमा व्याख्या गरे।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

प्रधानमन्त्री ओलीले दक्ष जनशक्ति निर्माणमा विश्वविद्यालयको भूमिकालाई महत्त्वपूर्ण भन्दै प्रदेशको पछाडि परेको परिचय बदल्नुपर्ने धारणा राखे। दार्चुलाको छाङगुरुसम्म पुग्न कठिनाइ भएको उल्लेख गर्दै उनले सडक निर्माणका लागि पाँच करोड बजेट विनियोजन गरिएको जानकारी दिए।

यस्तै, उनले गेटामा मेडिकल विश्वविद्यालय खोल्ने योजनाअनुसार यही वर्षबाट पढाइ सुरु हुने दाबी गरे। पञ्चेश्वर परियोजना अघि बढाउन भारतसँग छलफल भइरहेको जानकारी दिँदै, हुलाकी सडक, दोधारा चाँदनी औद्योगिक क्षेत्र, सुख्खा बन्दरगाह निर्माणजस्ता विकास परियोजनाहरूलाई आफूले अघि बढाएको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले सुदूरपश्चिमलाई बजेट र अवसरका दृष्टिले पछि नपार्ने प्रतिबद्धता जनाउँदै, प्रदेशसभालाई पनि सम्बोधन गरेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.