Citizan

आलितालमा छायांकन गरिएको छाउपडी प्रथाविरुद्ध सचेतनामूलक गीत ‘छाउपडीको वेदना’ सार्वजनिक

suchana alital
Chure

डडेल्धुरा  । ‘लाला बाला छाडिकन कै ठौर बास भयो
झान्या बेला भेट भएन छाउगोठमै सास गयो’

glam &
dipti
Citizan

यो सुदूरपश्चिममा व्यप्त छाउपडी प्रथा हटाउन जनचेतना फैलाउने उद्देश्यले डडेलधुरा जिल्लाको आलिताल -४ घरेलुमा छायांकन गरि तयार पारिएको देउडा गीत सार्वजनिक गरिएको छ ।

lali

राजु तिर्वाको शब्द सृजनामा निर्माण गरिएको उक्त गीतमा लोकप्रिय गायक राजु परियार र गायिका रेखा जोशीको स्वर छ । सनम कठायत र रोजी कुँवरको अभिनय रहेको उक्त गीतमा छाउपडी प्रथाको नकारात्मक प्रभाव देखाइएको छ ।

महिला महिनावारी भएका बेला छाउपडी गोठमा बस्नुपर्ने बाध्यता र महिनावारीका बेला महिलासँग गरिने सामाजिक व्यवहारको गतिविधि गीतमा समेटिएको छ ।

गीतको भिडियोको सुरुवातमा एक महिलाको छाउपडी गोठमै सर्पले टोकेर मृत्यु भएको दृष्य समावेश छ भने अन्तिममा छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक सन्देश समावेश छ ।

यस्ता जनचेतनामूलक गीतका माध्यमबाट समाजमा व्यप्त सबै प्रकारका कुप्रथाहरू न्युनीकरण हुने यस गीतका सर्जक राजु तिर्वाको विश्वास छ ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.