आलितालमा छायांकन गरिएको छाउपडी प्रथाविरुद्ध सचेतनामूलक गीत ‘छाउपडीको वेदना’ सार्वजनिक

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा  । ‘लाला बाला छाडिकन कै ठौर बास भयो
झान्या बेला भेट भएन छाउगोठमै सास गयो’

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

यो सुदूरपश्चिममा व्यप्त छाउपडी प्रथा हटाउन जनचेतना फैलाउने उद्देश्यले डडेलधुरा जिल्लाको आलिताल -४ घरेलुमा छायांकन गरि तयार पारिएको देउडा गीत सार्वजनिक गरिएको छ ।

Dadeldhura Hospital

राजु तिर्वाको शब्द सृजनामा निर्माण गरिएको उक्त गीतमा लोकप्रिय गायक राजु परियार र गायिका रेखा जोशीको स्वर छ । सनम कठायत र रोजी कुँवरको अभिनय रहेको उक्त गीतमा छाउपडी प्रथाको नकारात्मक प्रभाव देखाइएको छ ।

महिला महिनावारी भएका बेला छाउपडी गोठमा बस्नुपर्ने बाध्यता र महिनावारीका बेला महिलासँग गरिने सामाजिक व्यवहारको गतिविधि गीतमा समेटिएको छ ।

गीतको भिडियोको सुरुवातमा एक महिलाको छाउपडी गोठमै सर्पले टोकेर मृत्यु भएको दृष्य समावेश छ भने अन्तिममा छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक सन्देश समावेश छ ।

यस्ता जनचेतनामूलक गीतका माध्यमबाट समाजमा व्यप्त सबै प्रकारका कुप्रथाहरू न्युनीकरण हुने यस गीतका सर्जक राजु तिर्वाको विश्वास छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.