नेपाल चार देशीय टी-२०आईको फाइनलमा, कुवेतसँग उपाधि भिडन्त

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

३० चैत, । हङकङमा जारी चार देशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल र कुवेतबीच उपाधि भिडन्त हुने भएको छ।

शनिबार नेपाल र हङकङबीचको समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले समान १–१ अंक बाँडेका थिए। यससँगै नेपाल ३ खेलमा २ जित र १ नतिजाविहीन खेलसहित ५ अंक जोड्दै समूह विजेता बन्दै फाइनलमा पुगेको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

हङकङले समूह चरणमा १ मात्र खेल जितेर ३ अंक बनायो भने कुवेतले कतारलाई हराउँदै ४ अंक जोड्दै फाइनलमा स्थान सुरक्षित गर्‍यो।

शनिबारको खेलमा टस हारेर पहिले ब्याटिङ थालेको हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६८ रन बनाउँदा पानी पर्न थालेपछि खेल रोकिएको थियो। केही समयपछि वर्षा रोकिएर कभर हटाइए पनि प्रकाश कम भएकाले खेल सुरु हुन सकेन। त्यसपछि पुनः पानी परेपछि खेल रद्द गरिएको हो।

नेपालले प्रतियोगिताको पहिलो खेलमा कतारलाई हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई पराजित गरेको थियो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.